Comments Add Comment

विराट कोहलीको खानपान : किन भेजिटेरियन बने  ?

पोशाकका सौखिन, स्वादे जिब्रो

विराट कोहली भारतीय कि्रकेटको मात्रै नभएर विश्वका क्रिकेटरहरुमध्ये नै चर्चित  हुन् । अन्तराष्टि्रय कि्रकेट काउन्सिल (आइसीसी)ले तयार पारेको उत्कृष्ठ खेलाडीमध्ये २०१९ मा टेस्ट ब्याट्समेन क्रिकेटतर्फ उनी दुई नम्बरमा परेका व्यक्ति हुन् ।

सन् २००६ मा रञ्जी ट्रफीको एक मुख्य म्याचमा कर्नाटक विरुद्ध खेल खेल्ने क्रममा नै उनले आफ्ना पिता गुमाए । हृदयघातबाट आफ्ना पिताको मृत्यु हुँदा पनि उनले दिल्लीको तर्फबाट आफ्नो खेल छाडेनन् । त्यो खेल सम्पन्न गरेर मात्रै घर फर्किएका उनी त्यतिबेला केही आलोचित भए भने उनको पेशाप्रतिको निष्ठाको पनि धेरै तर्फ चर्चा भयो । यही घटनाले पनि उनी कति धेरै पेशाप्रति प्रेम गर्छन् भन्ने एउटा सन्देश विश्वभरी फैलियो ।

कोहली  फेसन सेन्सबाट पनि विश्वभरी नै चर्चित छन् । उनी पैसा छ भन्दैमा सधैं ब्राण्डेड सामान पनि खरिद गर्दैनन् । कहिले ब्राण्डेड सामान त कहिले सस्तोमा बेचिएका कपडा किन्न पनि पुगिरहेका हुन्छन् । हेर्दा मन पर्‍यो भने कपडा किनिहाल्ने उनको बानी छ । उनको नाम विश्वका १० सर्वश्रेष्ठ पोशाकका सौखिनहरुमध्ये पनि एकमा आउँछ । सोही नाममा अमेरिकी राष्ट्रपति बराक ओबामाको नाम समेत समावेश छ ।

यो पनि पढ्नुहोस परिवारप्रेमी मेस्सी : पार्टीमा खासै जाँदैनन्, अनौठा काममा माहिर

कोहलीले दर्जन बढी कम्पनीको ब्राण्ड एम्बेसडरको रुपमा काम गर्ने गरेका छन् । कोहली प्रेमको मामलामा भिन्न स्वभावका छन् । उनको दुई वर्ष अघि प्रेम विवाह नै भएको हो । तर, त्योभन्दा पहिले पनि उनले विभिन्न समयमा फरक फरक केटीहरुलाई रगतले समेत पत्र लेख्ने गरेका थिए । उनले कसैलाई रगतले लेखेको पत्र पाउनु सामान्य कुरा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विराट कोहलीले करिश्मा कपूरलाई सानै उमेरमा मन पराएका थिए । तर, उनको विवाह भने अनुस्का सिंहसँग भइसकेको छ । उनीहरुको २०१७ मा वर्षकै सबैभन्दा महंगो विवाहमध्ये एक थियो ।

विराट स्वादिष्ट खाना मन पराउँछन् । यात्राको हिसाबले उनीहरु संसारको कुनै पनि ठाउँमा यात्रा गर्न रुचाउँछन् । उनी आˆनी आमाले मन पराएको मटन बिरयानी र खीर मन पराउने गर्दथे । विराट कोहलीको उमेर तीन दशक पूरा भइसकेको छ । यसको साथसाथै भारतीय क्रिकेटमा उनी हालको पुस्ताका सबैभन्दा धेरै फिट रहने खेलाडीसमेत मानिन्छन् ।

यो पनि पढ्नुहोस जेफ बेजोस : विश्वकै धनी व्यक्तिको सरल जीवनशैली

जो कोही खेलाडीहरु पनि आफ्नो करियरको सुरुवाती दिनमा शानदार र राम्रो प्रस्तुति गर्ने खालका हुन्छन् भने उनीहरुको उमेर बढेसँगै प्रस्तुतिमा केही कमी आउने गर्छ । तर, यो कुरा विराटको जीवनमा भने ठिक उल्टो हुने गरेको छ । उनले अन्तराष्टि्रय कि्रकेट करियरमा आफ्नो इमान र मेहनतले सबैलाई अचम्मित गराइदिएका छन् । आज उनको फिटनेसको चर्चा जतात्यतै हुने गरेको छ । उनी के खान्छन् रु उनको फिटनेस प्लान कस्तो हुन्छ र कस्तो कस्तो खानेकुरा उनलाई मन पर्छ रु यो सवाललाई उनको शैलीलाई कैयौं फलोअरहरुले आफैं अवलम्बन समेत गर्ने गरेका छन् ।

दैनिक गतिविधि र उनको दिनचर्या हो या त खानपिनको लागि पनि उनी अरुभन्दा भिन्न छन् । बिहान ६ बजे उठ्ने र सामान्य ब्रेकफास्ट लिएर शारीरिक अभ्यासमा जाने उनको दैनिकी हो । अभ्यास गर्दा पनि उनले आफ्नो पाखुरालाई बलियो बनाउने गरी अभ्यास गर्ने गरेका छन्, ताकी ब्याटिङ गर्दा धेरै तागत मिलोस् । आफ्नो खानपानमा व्यापक परिवर्तन गर्दै उनले एक वर्षअघि मात्रै आफ्नो डाइट प्लान तयार पारेका थिए ।

यो पनि पढ्नुहोस गुगलका सिइओ सुन्दर पिचाइको दैनिकी : शाकाहारी खाना, साँझमा व्यायाम

कोहलीको बदलिएको खानपान

एक वर्ष अघिसम्म विराट कोहलीले आफ्नो फिटनेसको बारेमा ठूलो बदलाव ल्याएका थिए । उनी सानै उमेरदेखि मांसाहार खानाका सौखिन थिए । तर, एक वर्ष अघि २०१८ मा उनले परिवर्तन गरेको खानपान शुद्ध शाकाहारी मात्रै छ । उनले २०१८ देखि मासु र दूधजन्य खानेकुरा समेत आफ्नो खानपानमा नसमेटेको टाइम्स अफ इण्डियाले जनाएको छ । विराट कोहली अब पूरा रुपले भेजिटेरियन बनेका थिए । एक वर्ष अघि टाइम्स अफ इण्डियाले तयार पारेको एक रिपोर्टमा यो पनि खुलाशा भएको छ कि यसबाट उनको शारीरिक विकासमा धेरै फाइदा पनि भएको छ । उनले मासु, अण्डा र डेरी प्रोडक्ट पूरा रुपमा त्याग गरेका छन् ।

कस्तो छ अहिलेको खानपान

जो मानिस विर्यानी, छोले भटुरे, बटर चिकेन, मटन जस्ता कुराहरुलाई सबैभन्दा धेरै मन पराउँथे । अहिले उनी पूर्ण रुपमा त्योबाट मुक्त छन् । उनले आफ्नो करियर र ओफ्नो फिटनेसलाई ख्याल गरेर यस्तो परिवर्तन गरेको बताउने गरेका छन् । अहिले उनले मासु र अण्डाको ठाउँमा प्रोटिन शेक, सोया र सागरसब्जीहरुको प्रयोग बढाएका छन् ।

यो पनि पढ्नुहोस फेसबुकका मालिक मार्क जुकरबर्ग कसरी परिवारसँग रमाउँछन् ?

कोहलीको ब्रेकफास्ट

सोही पत्रिकाको एक रिपोर्ट अनुसार विराट पहिले आफ्नो ब्रेकफास्टमा अमलेट, पालक र चिजको साथमा सेकाएको मासु लिने गर्थे । यसको साथसाथै उनी तरबुजा र मेवा पनि खाने गर्थे । तर, अब उनले त्यस्तो सबै खानाहरु त्यागेका छन् । उनले आफ्नो खाजामा प्रोटिन शेक, सोया, फल, ड्राईफुड्स र तीन चार कप ग्रीन टी समेत लिने गरेका छन् ।

कोहलीको बिहानको खाना

विराटलाई बिहानको खानामा उसिनेको आलु, हरियो सब्जीहरु र पालक मनपर्छ । डिनरमा उनी पहिले सि फुड्स प्रयोग गर्दथे । तर, अहिले उनी हरियो सागपात र सोया डाइटहरु प्रयोग गर्ने गरेका छन् । अहिले उनी चिल्लो पदार्थ मुक्त पाउरोटीहरुको प्रयोग गर्ने गरेका छन् ।

यो पनि पढ्नुहोस भ्लादिमिर पुटिनको जीवनशैली : सधै स्वस्थ र तन्दुरुस्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment