
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो स्वर्ण जितेको छ । कराँतेका मण्डेकाजी श्रेष्ठले पुरूष एकल कातामा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरेका हुन् ।
मण्डेकाजीले २५.७२ अंक पाउादा पाकिस्तानी खेलाडी २४.९२ अंक पाएका थिए ।
यसअघि कराँतेको व्यक्तिगत काता महिलातर्फ नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी थिइन् । योसँगै नेपालले एक स्वर्ण र १ रजत बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4