Comments Add Comment

अमेरिकामा देखिएको नम्रता र अनमोलको बोन्डिङ

अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा नायक अनमोल केसी र नायिका नम्रता श्रेष्ठले ‘स्टार अफ दि इयर’को अवार्ड जिते । दुबैले आफ्नो सामाजिक संजालमा तस्वीर शेयर गरेका छन् ।
नम्रताले भने हामी दुइले अवार्ड प्राप्त गरेको भन्दै खुशी भएको अनुहार भन्दै तस्वीर शेयर गरेकी छिन् ।

रोचक कुरा त के छ भने, यो अवार्डमा सहभागी अधिकांश कलाकारलाई कुनै न कुनै टाइटलमा अवार्ड प्रदान गरिएको छ । पछिल्लो समयमा नेपाली चलचित्रका नाममा स्वदेश वा विदेशमा आयोजना हुने अवार्डको महत्व निकै कम भएको छ । तर, पनि कलाकारहरु अवार्ड प्राप्त गर्दा खुशी नै देखिन्छन् ।

अमेरिकामा आयोजना भएको अवार्डमा नम्रता र अनमोलले अवार्ड जित्दा दुबै जनाको बोन्डिङ पनि गज्जबको देखिएको छ । हुनत, अमेरिका पुगेसँगै नम्रता र अनमोलको तस्वीर सामाजिक संजालमा सार्वजनिक भैरहेका छन् ।

नम्रता आफूलाई मनपर्ने नायिका भएको अनमोलले बताउँदै आएका छन् । नम्रता र अनमोलले एक अर्कालाई व्यक्तिगत कुरा पनि शेयर गर्ने बताउँदै पनि आएका छन् । नम्रता पनि अनमोलको बानी ब्यहोरा र काम गर्ने तरीकाबाट आफू प्रभावित भएको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment