Comments Add Comment

टेबलटेनिसमा नेपाल सेमिफाइनल नजिक

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत टेबलटेनिसको पुरुष टिम इभेन्ट्समा नेपालले लिग चरणको पहिलो खेलमा जित हात पारेको छ।

लैनचौरस्थित टेनिस हलमा भएको खेलमा नेपालले श्रीलंकामाथि ३-१ सेटको जित हात पारेको हो। अब नेपालले सेमिफाइनल प्रवेशका लागि मंगलबार माल्दिभ्सँग खेल्नेछ।

नेपालबाट टिम इभेन्टमा स्यान्टु श्रेष्ठ, पुरुषोत्तम बज्राचार्य र शिव सुन्दर गोथेले सहभागिता जनाएका थिए । आजै भएको खेलमा भारतले पाकिस्तान र बंगलादेशमाथि जित हात पारेको छ। दुवै खेलमा भारतले ३-० को सेटमा जित हात पार्‍यो । भारत सेमिफाइनलमा पुगिसकेको छ ।

यस्तै श्रीलंकाले यसअघि भएको पहिलो खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

सोमबार भारतले माल्दिभ्स र पाकिस्तानलाई समान ३-० कै सेटमा पराजित गरेको छ । यता श्रीलंकाले महिलातर्फ बंगलादेशलाई ३-१ को सेटमा पराजित गरेको छ।

 भारत महिला तर्फपनि सेमिफाइनलमा पुगिसकेको छ । महिला तर्फ नेपाली टोलीले श्रीलंकासँग ३-० सेटमा पराजित भएको छ । नेपाली महिला टोलीले भोलि बंगलादेशसँग खेल्नेछ । मंगलबार बिहान लिग चरणका बाँकी खेल हुनेछन् भने सेमिफाइनल दिउँसो १:३० बजे सुरु हुनेछ । यस्तै टिम इभेन्ट महिला र पुरुष मंगलबार ४ बजे फाइनल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment