Comments Add Comment

सोशल मिडियाले कसरी तपाईंलाई धनवान बनाउँछ ?

‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड’ भनेजस्तै हो सामाजिक सञ्जाल पनि । कोही यसैमा लिप्त भएर आफ्नो अमूल्य समय नष्ट गरिरहेका छन् भने कसैले यसको सही सदुपयोग गरेर मालामाल भएका छन् । एक अध्ययनका अनुसार पछिल्ला केही वर्षदेखि सामाजिक सञ्जालको माध्ययमबाट पैसा कमाउने व्यक्तिहरुको संख्या उल्लेखनीय छ ।

इन्स्टाग्राममा एउटा स्पोन्सर्ड तस्बिरको मूल्य पछिल्लो केही वर्षमा धेरै बढेको मार्केटिङ र्फम आईजेडईएले आफ्नो रिपोर्टमा बताएको छ । रिपोर्टका अनुसार जुन फोटोको मूल्य २०१४ मा १३४ डलर थियो, २०१९ मा त्यो फोटोको मूल्य १,६४२ डलर भन्दा माथि भएको छ ।

त्यस्तै, बिजनेस इनसाइडरको एउटा रिपोर्ट अनुसार भिन्दा-भिन्दै ब्रान्डहरु सामाजिक सञ्जालमा पोस्ट, भिडियो, स्टोरिज र ब्लगहरुलाई स्पोन्सर गर्नका लागि राम्रो मूल्य चुकाउन तयार छन् । त्यस्ता रिपोर्टहरुको बीचमा विज्ञापनहरु हुनुमा एक विशेषज्ञ भन्छन्-‘यो नयाँ ट्रेन्ड उत्पन्नका कारण विज्ञापनको पारम्परिक तरिका बन्द हुन्छ भन्ने मान्यता राख्नु गलत कुरा हो ।’

सामाजिक सञ्जाल मार्केटिङ प्लेटर्फम सोसल बेकरका प्रमुख कार्यकारी अधिकृत युवल बेन इत्जेक भन्छन्-‘डिजिटल मार्केटिङ ठिक त्यस्तै हो जस्तो हामी कुनै कुराको बोलेर प्रशंसा गर्छौ । तर, त्यस बाहेक पनि विज्ञापनको संसार डिजिटल मार्केटिङ र पारम्परिक विज्ञापनको माध्यमहरुको मिश्रण भइरहन्छ ।’

आईजेडईएको रिपोर्टमा फेसबुक, यूट्यूब, इन्स्टाग्राम र ब्लगहरुका प्रायोजित कन्टेन्टमा ध्यान दिँदा २०१४ देखि २०१९ को बीच यिनीहरुको मूल्यहरु धेरै बढेको पाइन्छ ।

यसरी बढेको मूल्यको फाइदा सामाजिक सञ्जालको माध्यमबाट प्रख्यात भएका व्यक्तिहरुलाई पनि हुन्छ । केवल ठूला सेलिबि्रटीहरु मात्र होइन । जुन व्यक्तिको एकलाख फलोअर्स छन् । उनीहरुले पनि यसको माध्यमबाट पैसा कमाउन सक्छन् । एउटी त्यस्ती महिला, जसको कुकिङ र सामाजिक सञ्जालको सौखका कारण कारोबारी बन्न सफल भएकी छिन् ।

केही महत्वपूर्ण कुराहरु

-इन्स्टाग्राममा प्रायोजित तस्बिरको औसत मूल्य २०१८ देखि २०१९ को बीचमा ४४ प्रतिशतले बढेको छ ।

-एउटा प्रायोजित ब्लगको लागि २००६ मा करिब ५०० रुपैयाँ लाग्थ्यो भने अब २०१९ मा यसको लागि एक लाख रुपैयाँ लाग्छ ।

-सबैभन्दा धेरै बृद्धि यूट्युब भिडियोमा भएको छ । यसमा करिब चार गुणा बढेको पाइन्छ । २०१४ मा कुनै एउटा प्रायोजित भिडियोको लागि ३० हजार रुपैयाँसम्म लाग्थ्यो भने अब त्यसको लागि लगभग पाँच लाख रुपैयाँसम्म लाग्छ ।

-एउटा फेसबुक स्टाटस अपडेटको मूल्य २०१४ मा ५ सय ७६ रुपैयाँ थियो भने २०१९ मा बढेर यसको मूल्य २८ हजार रुपैयाँसम्म पुगेको छ ।

-ट्वीटरमा एउटा पोस्टको मूल्य दुई हजार रुपैयाँबाट बढेर ३० हजार रुपैयाँ भएको छ ।

-ब्लग पोस्टको मूल्य पनि ३० हजार रुपैयाँबाट बढेर एक लाख रुपैयाँ भएको छ ।

उपभोक्ताबाट कानूनको उल्लंघन

पैसा कमाउने उद्देश्यका कारण मानिसहरु लगातार सामाजिक सञ्जालको माध्यमहरुसँग जोडिरहन्छन् । जसका कारण अब सामाजिक सञ्जालका साइटहरुले पनि मानिसहरुमा कडा निगरानी राख्न थालेको छ ।

केही समय अगाडि विज्ञापन मानक प्राधिकरणले तीन जनाको इन्स्टाग्राम पोस्टलाई ब्याण्ड गरीदिएको थियो । उक्त तीन जनाले खाद्य पदार्थहरुको झुटो खबर फैलाएका कारण यसो गरीएको हो । प्राधिकरणले यसलाई गैरजिम्मेवारी कार्य ठहराएको थियो ।

यो वर्षको सुरुवातमा कमिपटीसन एण्ड मार्केट अथोरिटीले चेतावनी दिएको थियो । केही व्यक्तिले सामाजिक सन्जालको माध्यमबाट उपभोक्ताहरु कानुनको उलंघन गर्छन् ।

जोई सग, गायिका रिटा ओरा र मोडल रोजी हंटिंगन-व्हाइटली ती १६ सोशल मिडिया सेलिब्रेटीमा सहभागी छन् । जसले सोसल मिडियामा पोस्ट गर्ने तरिकामा परिर्वतन गरेको कुरा स्वीकार गरेका छन् ।

सोसलबेकर्सको डाटा अनुसार ब्रान्डहरु सोसल मिडियाको माध्यमबाट विज्ञापन देखाउनका लागि पैसा खर्च गर्न तयार छन् । रिसर्चका अनुसार पछिल्लो वर्ष प्रायोजित पोस्टको संख्यामा १५० प्रतिशतले छलाङ मारेको पाइन्छ । त्यस्ता पोस्टहरुमा हृयासट्यागको प्रयोग गरेर यसलाई फैलाउने काम भएको छ ।

यस्तो बृद्धि आउने वर्षहरुमा पनि जारी रहन्छ भन्ने मान्यता रहेको छ । २०२० मा सोसल मिडियाको माध्यमबाट विज्ञापन दिने इन्डस्ट्रीहरु १० बिलियन डलरसम्म तिर्न तयार हुन सक्छन् । इन्स्टाग्रामले एउटा प्रयोगको लागि प्रायोजित पोस्टबाट केही लाइक्स लुकाउने कोसिस गरीरहेको छ । तर, पनि यसले इन्डस्ट्रीमा त्यस्तो धेरै फरक नपर्ने विशेषज्ञहरुका मान्यता रहेको छ ।

सोसलबेकर्सका प्रमुख कार्यकारी भेन इटज्याकका अनुसार सोसल मिडियाको माध्यमबाट पैसा कमाउने व्यक्तिहरु जसरी आफ्नो पोस्ट हेर्न सक्छन् । त्यसैगरी ब्रान्डहरुले पनि उनीहरुको प्रायोजित पोस्टमा कति इन्गेज भइरहेका छन् भन्ने हेर्न सक्छन् ।

के मानिसहरु कम लाइक देखेर पनि त्यो पोस्टमा इन्गेज हुन्छन् भन्ने गहन प्रश्न रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment