Comments Add Comment

सिड्नी सहरभित्र सानो रेल सरर …

सिड्नी । न्यू साउथ वेल्स राज्य सरकारले आगामी क्रिसमस अगाडि सिड्नीको मुख्य सहरभित्र अर्काे सानो रेल संचालन गर्ने भएको छ।

हाल सिड्नीमा पहेलो रंगको ठूलो रेल, निलो रंगको मेट्रो र रातो रंगको हलुका रेल सञ्चालनमा छन् । सम्भवत डिसेम्बरको दोस्रो सातादेखि यात्रु सेवा सुरु हुने लाइट रेलको अहिले परीक्षण सञ्चालन भइरहेको छ ।

पैदल यात्री, साइकल यात्री र मोटर यात्रीहरुको चाप हुने मुख्य सहरभित्र हाल परीक्षण भैरहेको यो रेल सेवाले सुरक्षालाई पहिलो प्राथमिकतामा रोखेको छ ।

परीक्षणसँगै सुरक्षाका बिभिन्न पक्षहरुबारे पनि प्रचारात्मक कामहरु सुरु गरेको छ ।

एक भिडियो संदेशमार्फत न्यू साउथ वेल्सकी प्रिमियर ग्ल्याडी बेरेजिक्लिनले सिड्नीबासीहरुको सुरक्षालाई मुख्य ध्यान दिइएको बताएकी छन् ।

हजारौ नेपालीहरुको कर्म क्षेत्र बनेको सिड्नीको मुख्य सहरको सर्कुलर क्युएदेखि र्‍याक्विकसम्म गुड्ने यो लाइट रेल जम्मा १९ ‘स्टप’मा रोकिने छ ।

दुवैतर्फ प्रतिघण्टा १३ हजार ५०० यात्रु ओसारपसार गर्ने यो रेल सेवा नियमित, विश्वासिलो र आधुनिक हुने बताइएको छ ।

सिड्नी लाइट रेलका सञ्चार रणनीति तथा मिडिया ट्रान्सपोर्ट को-अर्डिनेसनका ग्रास ईले अनलाइनखबरसँग भने, ‘लाइट रेल सफा र उपयोगी यात्राको लागि वातावरण केन्द्रित ग्रीन हाउस ग्यास कम गर्ने र ध्वनी प्रदूषण कम गर्ने खालको छ ।’

विशेषगरी साइकल यात्रीहरुलाई ट्रयाकमा यात्रा नगर्न, ट्रयाकहरु पार गर्दा आर्लेर पार गर्न सुचित गरिएको छ ।

पैदल यात्रीलाई छुट्याएको ठाउँबाट वारपार र मोटर चालकलाई इन्टरसेक्सनमा लामो लस्कर नबनाउनसमेत सचेत गराइएको उनले बताए ।

हाल सिड्नीमा सुरक्षा अभियानमा फौजी टोपी र पाइन्ट, रातै रंगको टि-सर्ट लगाएका युवाहरु यात्रुहरुलाई सुरक्षाबारे जानकारी दिइराखेका भेटिन्छन् ।

सिड्नीको मुख्य सहरभित्र भूमिगत लामो दूरीको रेल सेवा पनि सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment