Comments Add Comment

फेस क्रिम छनोट गर्ने तरिका

छालाको आवश्यकता अनुसार फेस क्रिमको प्रयोग भएन भने अनुहारमा क्रिमको प्रयोग गरेपछि पनि अनुहारमा चाहे अनुरुपको ग्लो आउँदैन । त्यसैले छालाको राम्रो हेरचाहका लागि आफ्नो छालाको आवश्यकता अनुसारको फेस क्रिम प्रयोग गर्नुपर्छ ।

मेकअप एक्सपर्टका अनुसार हरेक फेस क्रिमको प्रयोगले एकदेखि दुई हप्तामा अनुहार चम्किलो हुन्छ भनेर दाबी गरेको पाइन्छ । तर, सही फेस कि्रमको प्रयोग नगर्नाले अनुहारमा निखार आउनुभन्दा धेरै समस्याहरु उत्पन्न हुन थाल्छन् । छाला विभिन्न प्रकारका हुन्छन् । जस्तै सेन्सेटिभ स्किन, ड्राई स्किन, ओयली स्किन, कम्बिनेशन स्किन । अनुहार चम्किलो बनाउनका लागि आफ्नो छाला अनुरुप नै फेस कि्रमको प्रयोग गर्नुपर्छ ।

जस्तो छाला त्यस्तै क्रिम

फेस कि्रम पनि हाम्रो छाला जस्तै विभिन्न प्रकारले बनेको हुन्छ । यसमा मोइस्चराइज भएको फेस कि्रम, ग्लिसरीन भएको फेस कि्रम, भिटामिन-सी युक्त फेस क्रिम, एन्टिअक्सिडेन्टको साथ-साथै अब ओटमिल र अमिनो फेस कि्रम पेप्टाइडहरु भएका फेस क्रिम पनि पाउन थालेको छ । संवेदनशील छालाको लागि मइस्चराइजर फेस कि्रमको प्रयोग गर्नुपर्छ । यसले छालालाई नरम बनाएर यसलाई स्वास्थ र ताजा देखाउन सहयोग गर्छ । अनुहारमा उत्पन्न भएको चाउरीपनालाई पनि कम गर्न सहयोग पुर्‍याउँछ ।

कोमल र चम्किलो

सुख्खा छालाका लागि ग्लिसरिन युक्त फेस कि्रम लाभकारी हुन्छ । यसले छालालाई भित्रैबाट हाइड्रेट र बलियो बनाउँछ । यसको प्रयोग गर्नाले छालाका रुखोपन कम हुन्छ । ग्लिसरीन फेस क्रिम छालालाई नरम बनाइ राख्न सहयोग गर्छ । यसको प्रयोग संवेदनशील छालाको लागि पनि उपयुक्त हुन्छ । भिटामिन्स र एन्टिअक्सिडेन्ट क्रिमले पनि छालालाई स्वस्थ बनाउने काम गर्छ ।

मोइस्चराइजर र फाउन्डेशन

यदि  छाला सुख्खा हुनुको साथसाथै स-साना दानाहरु पनि छन् भने माइस्चराइजर र फाउन्डेशन युक्त क्रिमको प्रयोग गर्नुपर्छ । यसले अनुहारको दागलाई राम्रोसँग छोप्ने काम गर्छ । यो कि्रमले छालालाई केबल नरम मात्र बनाउँदैन छालाको मोइस्चर र साइनिङलाई यथावत राख्दै घामको किरणबाट सुरक्षित पनि राख्छ । यसमा मोइस्चराइजर र फाउन्डेसन दुबैको फाइदा हुन्छ । तपाईं जब यसलाई लगाएर मेकअप गर्नुहुन्छ । अनुहारमा साइनिङ त आउँछ नै साथै यसले मेकअपलाई अनुहारमा लामो समयसम्म पनि टिकाउने काम गर्छ । यसले कि्रम प्राइमर, मोइस्चराइजर, फाउन्डेसन, टि्रटमेन्ट, कन्सिलर र सनस्क्रिनको काम एकसाथ गर्छ ।

बीबी कि्रमको प्रयोगले छाला नरम हुन्छ । अनुहारमा दागहरु पनि देखिँदैन । यदि छालामा धेरै पिम्पल्सका दागहरु छन भने अथवा तेल निस्कन्छ भने क्रिमको प्रयोग गर्नुहुँदैन ।

बिबी क्रिममा मल्टिपल न्यूटि्रसन्स हुन्छ । जसले छालालाई विभिन्न किसिमको फाइदा प्राप्त हुन्छ । अनुहारको रंगलाई ठिक गर्नका लागि सिसी क्रिमको प्रयोग गरिन्छ । सिसी अर्थात् कलर करेक्सन कि्रम ।

यो कि्रमले अनुहारको रंगलाई निखार्ने काम गर्छ । यसले अनुहारको हरेक प्रकारका समस्यालाई हटाउनुको साथै रंगलाई पनि एक समान बनाउने काम पनि गर्छ । यदि अनुहारमा धेरै दागहरु भने सिसी क्रिमको प्रयोग उपयुक्त हुन्छ । यदि छाला धेरै सुख्खा भएको छ भने यो क्रिम लगाउनुभन्दा पहिला मोइस्चराइजर लगाउनुपर्छ ।

अनुहारको लागि सनस्क्रिन अति आवश्यक

सिसी कि्रमले अनुहारको छालालाई सेमी मेट र साइनिङ दिन्छ भने बीबी क्रिमले अनुहारको छालालाई मेट, मोइस्चराइज र साइनिङ दिन्छ । सिसी क्रिमको टेक्स्चर बिबी क्रिमको तुलनामा हल्का हुन्छ । बिबी कि्रमले राम्रो बेसको काम गर्नुको साथै यसले दिनहुँको लुकलाई निखार्छ । सिसी क्रिम त्यस्ता व्यक्तिका लागि हो, जसको छालामा रातो दाग अथवा बिमिराको समस्या हुन्छ । बिबी र सिसी दुबै नै क्रिम छालासँग राम्रोसँग ब्लेन्ड हन्छ र अनुहारलाई एकनाश कोमल र चमकदार रंग प्रदान गर्छ ।

सनस्त्रिmन दुई तरिकाको हुन्छ

२० एसपीएफ युक्त क्रिममा केमिकल अत्यन्त थोरै हुन्छ भने केमिकल सनस्त्रिmनमा २० भन्दा धेरै एसपीएफ हुन्छ । यसमा बढी मात्रामा केमिकल हुन्छ । जति धेरै एसपीएफ हुन्छ त्यति नै बढी केमिकल हुन्छ । नेपालमा यूबी किरण धेरै खतरनाक स्तरको हुँदैन । त्यसैले यहाँ कम केमिकल भएको सनस्क्रिनको प्रयोग धेरै हुन्छ । धेरै महिलाहरुको लागि २५ देखि ३० एसपीएफ उपयुक्त हुन्छ । अनुहारको छालाको हेरचाहका लागि नाइट कि्रमको पनि प्रयोग गर्नु आवश्यक छ ।

अनुहारको छाला स्वास्थ बनाउनका लागि

-स्वस्थ छालाका लागि अनुहारको मेकअप हटाउनुपर्छ । मेकअप हटाउनका लागि राम्रो मिल्क क्लिन्जरको प्रयोग गर्नुपर्छ । मिल्क क्लिन्जरले दिनभरको फोहोरलाई कटनले सफा गर्नुपर्छ । त्यसपछि अनुहारलाई राम्रो फेसवासले धुनुपर्छ ।

-अनुहारको छालालाई सुन्दर राख्नाका लागि हप्तामा २ पटक छालालाई राम्रोसँग एक्सफोलिएट गर्नु पर्छ । यसो गर्दा छालाको पोर्सबाट फाहोर निस्कन्छ । यसो गर्दा अनुहारमा आउने पिम्पल्स पनि कम हुन्छ । यदि अनुहारमा पहिलाबाट नै पिम्पल्स छ भने स्क्रब गर्दा पिम्पल्समा पर्न दिनुहुँदैन ।

-दिनभरीको थकान र तनाब आँखाको तलको भागमा देखिन्छ । त्यसैले आँखाको विशेष हेरचाह गर्नु आवश्यक हुन्छ । यसको लागि बेस्ट क्वालिटीको आई क्रिम र जेलले आँखाको मसाज गर्नु पर्छ । यसबाहेक बदाम तेल अथवा अलिव अयलले हल्का हात आँखाको मसाज गर्नुपर्छ ।

-अनुहारलाई सुन्दर बनाउनका लागि लिप केयर आवश्यक हुन्छ । त्यसैले दिनहुँ राति ओठमा बदामको तेल अथवा घ्यू लगाएर सुत्नुपर्छ । यसो गर्दा ओठ कालो हुँदैन गुलाबी हुन्छ ।

-अनुहारको लागि नाइट कि्रम अत्यन्त आवश्यक हुन्छ । छाला अनुसार नाइट क्रिम पाइन्छ । यसलाई लगाउनाले छाला हाइड्रेट हुन्छ । छालाको टेक्स्चर राम्रो हुन्छ र रंग पनि एकनास हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment