
१८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि पौडी पोखरी तयार भएको छ ।
नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यकाअनुसार बुधबार विहान सबै खेलाडीले सातदोवाटोस्थित सोही पौडी पोखरीमा अभ्यास गरेका छन् ।
सागमा पौडीका खेल बिहीबारदेखि सुरु हुँदैछ । पौडी प्रतियोगिता सञ्चालनका लागि हिटिङ सिष्टम (तातो पानी भएको) पौडी पोखरी तयार पारिएको छ ।
अहिले पोखरीको पानीको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ । बेलुकासम्म २४ डिग्री पुग्ने संघका अध्यक्ष बज्राचार्यले बताए । पौडीका लागि २६ देखि २८ डिग्री तापक्रम हुनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4