+
+
Shares

डीएसपी कुमुद ढुंगेलविरुद्ध पक्राउ पूर्जी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते १७:०८

१८ मंसिर, काठमाडौं । नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

जिल्ला अदालत, काठमाडौंले केही दिनअघि ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको एक प्रहरी वरिष्ठ उपरीक्षकले अनलाइनखबरलाई बताए ।

अपराध अनुसन्धान महाशाखाका अधिकृतले २६ चैतमा रानीबारीमा भएको डकैतीमा संलग्न अभियुक्त विकास श्रेष्ठलाई ढुंगेलले बारम्बार फोन गरेको भेटिएको सार्वजनिक गरेका थिए । त्यसपछि २० बैशाखमा उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो ।

सामान्यतयाः निलम्बनको विषयमा ६ महिनाभित्र निर्णय गरिन्छ । तर, ढुंगेलको हकमा ७ महिनापछि पक्राउ पूर्जी जारी भएको प्रहरीले सार्वजनिक गरेको हो ।

‘ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी गर्ने प्रस्ताव बदर भएको थियो’, प्रहरी स्रोतले भन्यो, ‘तर, फेरि सदर भएर महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेमा पक्राउ पूर्जी आएको हो ।’

ढुंगेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?