Comments Add Comment

व्यापार मेलाको टिकटको डेढ रुपैयाँ सामाजिक क्षेत्रमा

१८ मंसिर, बुटवल । बुटवल उद्योग बाणिज्य संघले २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा बिक्री भएको प्रत्येक टिकटबाट १ रुपैयाँ ५० पैसा सामाजिक क्षेत्रमा योगदान गर्ने भएको छ । मेलामा बिक्री भएको प्रत्येक टिकटबाट शिक्षा र स्वास्थ्यमा एक रुपैयाँ तथा ५० पैसा पर्यटन प्रवर्द्धन र खेलकुदको विकासका लागि छुट्याइने संघका कार्यवाहक अध्यक्ष उज्ज्वल कसजुले बताए । पुसको २३ गतेसम्म सञ्चालन गरिने मेलामा ५ सय स्टल राखिने र ८ देखि १० लाख रुपैयाँ दर्शक भित्राउने लक्ष्य लिइएको छ ।

आगामी पुसको ९ गतेदेखि सञ्चालन हुने १५ दिने मेलामा प्रवेशका लागि टिकट दर ६० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै परिचय पत्रका आधारमा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको प्रचारप्रसार समितिका संयोजक मुक्ति अधिकारीले जानकारी दिए । मेलाका लागि ५० प्रतिशत स्टल बुकिङ् भइसकेको तथा धमाधम स्टल बुकिङको काम भइरहेको स्टल व्यवस्थापन उपसमितिका संयोजक अनुपमान सैंजुले बताए ।

मेलालाई आकर्षक बनाउनका लागि आधुनिक मोडलको स्टेज तथा संघको सचिवालयको आकृतिमा मेला सचिवालय निर्माणको काम सुरु भएको छ । त्यस्तै पर्यटन प्रवर्द्धनका लागि रुपन्देहीको महत्वपूर्ण पर्यटकीय क्षेत्र ऐतिहासिक जीतगढी किल्लाको आकृतिमा प्रवेशद्वार निर्माण गरिने स्टल पूर्वाधार निर्माण उपसमितिका संयोजक प्रकाश श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment