Comments Add Comment

तेक्वान्दोका ६ स्वर्णको निर्णय आज, क्रिकेटमा नेपाल–भुटान भिड्दै

१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकद (साग) प्रतियोगिताअन्तर्गत आज तेक्वान्दोको अन्तिम खेलहरू हुने भएका छन् । कूल २९ स्वर्ण रहेको तेक्वान्दोमा आज अन्तिम ६ स्वर्णको निर्णय हुनेछ ।

तेक्वान्दोमा अहिलेसम्म २३ स्वर्णको निर्णय हुँदा नेपालले ११ स्वर्ण जितिसकेको छ ।

त्यस्तै, उसुतर्फका खेलहरू पनि आज हुँदैछन् । २२ स्वर्ण रहेको उसुमा अहिलेसम्म ४ स्वर्णको निर्णय भइसकेको छ ।

यस्तै स्विमिङ र बास्केटबलको खेल आजदेखि सुरु हुँदैछ । एथ्लेटिक्स, गल्फ, साइक्लिङ, कबड्बी, टेबल टेनिसका खेलहरूले आज पनि निरन्तरता पाउनेछन् ।

क्रिकेट र फुटबलका खेलहरू पनि आज हुनेछन् । फुटबलमा आज नेपालको प्रतिस्पर्धा नभए पनि क्रिकेटमा भुटानसँग अहिले ८ बजेदेखि खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment