Comments Add Comment

नीमाले स्वर्ण लगाइदिएपछि भावुक बनिन् आमा

१९ मंसिर, काठमाडौं । उसुकी नीमा घर्ती मगरले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बिहीबार स्वर्णका लागि प्रतिस्पर्धा गर्दा उनका आमा-बुवा दर्शकदीर्घामा थिए ।

लगातार दुई सागमा स्वर्ण जितेपछि नीमाले आफूले पाएको सफलताको श्रेय प्रशिक्षकसँगै अभिभावकलाई दिइन् । ‘सफलताको श्रेय अभिभावकलाई दिन चाहन्छु किनकी उहाँहरूले मलाई कहिल्यै (खेल्न) रोक्नुभएन,’ उनले भनिन् ।

पदक वितरण समारोह भयो, निमाले स्वर्ण पदक लिइन् । राष्ट्रिय झण्डा ओढेकी निमा आमा-बुबा भएको ठाउँमा पुगिन् । र, आफ्नो गलाबाट स्वर्ण पदक झिकेर आमालाई लगाइदिइन् ।

त्यो क्षण नीमा घर्ती मगर निकै भावुक बनिन् । पत्नीकै छेउमै उभिरहेका बुवा मनसुर घर्ती मगर भने हाँसिरहे ।

नीमाका आमा-बुवा दुवैले छोरीले पाएको सफलतामा आफूहरु निकै खुसी रहेको प्रतिक्रिया दिए ।

पिकअप चलाउने बुबा मनसुर बालकुमारीबाट हिँडेर लगनखेलस्थित नेपाली सेनाको प्रशिक्षण तालिम केन्द्रसम्म पुगेका थिए भने आमा मुना घर्ती मगर छोरासँग स्कुटी चढेर ।

परिवारका अरु सदस्यहरुलाई लिएर आएका उनीहरु छोरीले पाएको सफलतामा खुसी देखिन्थे । ‘राष्ट्रले जुन लक्ष्य लिएको थियो, त्यसलाई सफल बनाउन मेरो नानीले सहयोग गरेकोमा बाबु आमालाई खुसी लागेको छ’ मनसुरले हाँस्दै भने ।

निमाले खेल प्रदर्शन गरिरहँदा भने जित्ने हो कि हार्ने हो भन्ने डर लागेको उनले सुनाए ।

यो पनि पढ्नुहोस कीर्तिमानी नीमा भन्छिन् : आफ्नै माटोमा स्वर्ण जित्दाको आनन्द छुट्टै हुँदोरहेछ यो पनि पढ्नुहोस …त्यसपछि मेरै नामको कोटा काटियो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment