Comments Add Comment

पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

१९ मंसिर, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको केराबारी र चौबिस माइलको बीचमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको लु१ज ४२०९ नम्बरको जीप सडकबाट खोलामा खसेको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छैन ।

दुई जनाको शव अप्ठ्यारो भीरमा झुण्डिएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी रामप्रसाद शाहले बताए ।

सडकबाट करिब पाँच सय मिटर तल खसेको जीप टुक्रा-टुक्रा भएको छ ।

जीपमा कतिजना सवार थिए भन्नेसमेत यकिन नभएको डीएसपीशाहले बताए ।

प्रारम्भिक जानकारी अनुसार बुटवलमा मर्मत गरेर फर्किंदै गरेको जीप दुर्घटना भएको हो ।

दुर्घटना भएको सडकको अवस्था हेर्दा सडकका कारण नभइ अन्य कारणले दुर्घटना भएको हुनसक्ने डीएसपी शाहले बताए ।

जीप श्रीनगर यातायात व्यवसायी समितिको भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment