+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कर्मचारीको मनोबल खस्किन दिन्न : मन्त्री त्रिपाठी   

रासस रासस
२०७६ मंसिर १९ गते १६:५४
Photo Credit : RSS

१९ मंसिर, परासी । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

पश्चिम नवलपरासीस्थित जिल्ला प्रशासन कार्यालय परासीमा बिहीबार जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री त्रिपाठीले कर्मचारीको मनोबल खस्किन नदिने बताए । उनले भने,“तपाईहरुको मनोबल खस्किन दिन्न, तर जनताको मनोबल खस्किन दिनुभएन्, निराश नभइ काममा लाग्नुहोस्”

मन्त्री त्रिपाठीले निजामती सेवा विद्ययेकलाई सहमतिबाटै अन्तिम रुप दिन आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै संसद्को आउँदो हिउँदे अधिवेशनको पहिलो बैठकबाटै अगाडि बढाउने तयारी गरिरहेको जानकारी दिए । मन्त्री त्रिपाठीले कर्मचारीको बढुवामा आर्थिक अनुशासन पनि मापदण्डमा समावेश गर्ने तयारी भइरहेको जानकारी दिँदै समायोजनमा रहेका त्रुटी सच्चाउने आश्वासन पनि दिए ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जनतासँग प्रत्यक्ष जोडिएका विकासे कार्यालय जिल्ला बाहिर रहँदा केही अफ्ठ्यारो र ढिलासुस्ती हुने गरेको अवगत गराएका थिए ।

यस्तै जिल्ला समन्वय समिति पश्चिम नवलपरासीले बिहीबार नै परासीमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री त्रिपाठीले शासकीय मनोविज्ञानले भन्दा सेवाको मनोविज्ञानले काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे । स्थानीय तहमा आर्थिक अनुशासन र पारदर्शीतालाई कडाइका साथ पालना गर्न पनि मन्त्री त्रिपाठीले सचेत गराए । स्थानीय तहका प्रमुख/उपप्रमुखले कर्मचारी अभावको समस्या छिटो समाधान गर्न तथा जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले जिससको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?