+
+

निजी गुठीमा हस्तक्षेप गर्ने उद्देश्य छैन : मन्त्री अर्याल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १९ गते १९:१३

१९ मंसिर, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालले निजी गुठीका विषयमा गुठियारले भनेअनुसार नै अघि बढ्न सरकार तयार रहेको बताएकी छन् ।

बिहीबार गुठी बचाउ अभियानका अगुवासँगको छलफलमा उनले निजी गुठीका विषयमा सरकारले गुठीयारहरुको भनाइ मान्न तयार रहेको बताएकी हुन् । ‘निजी गुठीको हकमा यो नै यसको समाधान हो भनेर तपाईंहरूले ल्याएको कुरा नै हामी ओके गरेर जान्छौं । गुठी संस्थानले हेरेका गुठीका हकमा तपाईंहरूले धेरै चासो नदिनुहोला’, मन्त्री अर्यालले भनिन् ।

विगतमा गुठी विधेयक ल्याउँदा पनि निजी गुठी समाप्त पार्ने सरकारको उद्देश्य नभएको मन्त्री अर्यालको भनाइ छ । ‘निजी गुठीलाई सरकारले हस्तक्षेप गर्ने थिएन’, मन्त्री अर्यालले भनिन्, ‘तत्कालिन प्रस्तावित गुठी ऐनको कुनै भाषाले तपाईंहरूलाई त्रसित बनाएको रहेछ भने हामी जतिखेर पनि सच्याउन तयार नै थियौं ।’

त्यस अवसरमा ध्यानाकर्षणपत्र बुझाउदै गुठी विधेयकविरुद्ध एकीकृत आन्दोलनका संयोजक डा. महेशमान शाक्यले यसपटक विधेयक ल्याउन सरोकारवाला सबैसँग छलफल गरेर मात्र अगाडि बढ्न आग्रह गरे । उनले जनताको हित गर्ने विधेयक ल्याउन सहयोग गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?