Comments Add Comment

प्रदेश १ सरकारविरुद्ध ५० मुद्धा

२० मंसिर,विराटनगर । एक नम्बर प्रदेश सरकारलाई विपक्षी बनाई विभिन्न प्रकृतिका ५० वटा मुद्धा परेका छन् । प्रदेश एकका मुख्य न्ययधिवक्ता चुडामणि आचार्यका अनुसार हालसम्म प्रदेश सरकारविरुद्ध उच्च र सर्वोच्च अदालतमा ५० वटा मुद्दा परेका हुन् ।

शुक्रबार प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन बुझाउँदै उनले कानून कार्यान्वयनको सिलसिलामा मुद्धा परेको बताए । उनका अनुसार प्रदेशसहित संघ र स्थानीय सरकारलाई विपक्षी बनाएर पनि मुद्दा परेका छन् ।

उनका अनुसार गत असार मसान्तसम्म मात्र प्रदेश एक सरकारलाई परेका १३ वटा मुद्धा संघसँग जोडिएका छन् । ९ वटा स्थानीयतहसँग जोडिएका छन् भने प्रदेश १ सरकारसँग मात्र सम्बन्धित १४ वटा मुद्दा छन् ।

वार्षिक प्रतिवेदनमा कानुनको अभाव, संरचनाको समस्या, जनशक्तिको अभावका कारण काम गर्न कठिनाइ भएको विषयलाई उल्लेख गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment