+
+

आर्चरीको र्‍याङ्किङ राउण्डमा नेपालको कमजोर प्रर्दशन

बंगलादेश अग्रस्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २० गते १९:१२

२० मंसिर, पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा भएको आर्चरी खेलको र्याङकिङ राउण्डमा नेपालले कमजोर प्रर्दशन गरेको छ ।

नेपालसहित ४ देशबीच शुक्रबार भएको रिकर्भ (७० मिटर) र कम्पाउण्ड (५० मिटर), एकल तर्फको प्रतिस्पर्धामा नेपालले कमजोर प्रदर्शन गरेको हो ।

एकल तथा महिला पुरुषतर्फका सहभागी खेलाडीहरुले ७२ एरो प्रहार गरेका हुन् । एकल बिधातर्फ नेपाली खेलाडी अन्तिम स्थानमा रहे ।

पहिलो दिनको र्‍याङ्किङ राउण्डमा भने बंगलादेश पदकको दाबेदारको रुपमा प्रस्तुत भएको छ । बंगलादेशका सना मोहम्मद रुमन र भुटानकी कर्मा ओलम्पिक खेलमा छनोट भएका खेलाडीसमेत प्रतियोगितामा सहभगी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?