+
+
Shares

बंगलादेशले नेपाललाई दियो १५६ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २१ गते १०:२२

२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष क्रिकेटमा बंगलादेशले नेपाललाई १५६ रनको लक्ष्य दिएको छ । बंगलादेशले पुरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।

बंगलादेशले सम्मानजनक स्कोर तयार गर्ने क्रममा कप्तान होसिन सान्तोलले ६० बलमा ७५ रन बनाएर कप्तानी पारी खेले ।  अफिफ हुसेनले पनि आक्रामक पारी खेल्दै २८ बलमा ५२ रन बनाए ।

नेपालका लागि पारस खड्काले ३ विकेट लिए भने उपकप्तान दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए । अभिनास बोहोराले पनि एक विकेट लिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्दै छ । यो खेल जितेमा नेपाल फाइनलमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?