
२१ मंसिर, पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत महिला फुटबलमा फाइनल अघि नेपाल भारतसँग पराजित भएको छ ।
पोखरा रंगशालामा भएको खेलमा भारतले आयोजक नेपाललाई १-० गोल अन्तरले हराएको हो । दुबै टोली यसअघि नै फाइनलमा पुगिसकेका थिए । त्यसैले शनिबार भएको खेललाई ‘पि्रभ्यू म्याच’ का रुपमा हेरिएको थियो, जसमा भारतले बाजी मागरेको छ ।
एनजी बालादेवीले१८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाइन् । निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले गोल फर्काउन सकेन ।
खेलको १० औ मिनेटमा सरु लिम्बुले डिबक्स भित्र पाएको राम्रो अवसरलाई बायाँ खुट्टाले प्रहार गर्दा बलले फस्टबार नजिकैबाट बाहिरिएको थियो । सावित्रा भण्डारी ‘साम्बा’लाई भारतले निकै मार्क गरेको थियो, जसका कारण उनले पनि पाएको अवसर सदुपयोग गर्न सकिनन् । नेपाली टोलीका प्रशिक्षक हरि खड्का भन्छन्, ‘भारतसँग हाम्रो खेल एकदमै टफ लेबलको थियो । तर, पाएका चान्सेसलाई क्याच गर्न नसक्दा हार्यौं ।’
भारतीय प्रमुख प्रशिक्षक म्यामल रक्की खेल जित्न धेरै कठिन भएको प्रतिक्रिया दिइन् । ‘आजको खेल एकदमै प्रतिस्पर्धात्मक भयो । मलाई लाग्छ हामीलाई मात्रै होइन, विपक्षीलाई पनि खेलअवधिभर उत्तिकै प्रेसर भएको हुन सक्छ,’ उनले भनिन् ।
दुवै देश स्वर्ण पदकका लागि सोमबार मैदानमा उत्रनेछन् ।
प्रतिक्रिया 4