Comments Add Comment

युभेन्ट्सको अपराजित यात्रा समाप्त, रोनाल्डोको गोलले पनि जित्न सकेन

२२ मंसिर, काठमाडौं । इटालियन सिरी ए मा युभेन्ट्सको अपराजित यात्रा सकिएको छ । क्रिस्टियानो रोनाल्डोले गोल अग्रता दिलाउनुका बाबजुत पनि युभेन्ट्स लाजियोसँग पराजित भएको हो ।

एक गोलले पछि परेको स्थिति उल्टाउदै लाजियोले दश खेलाडीमा झरेको युभेन्ट्सलाई ३-१ ले पराजित गरेको हो ।

लाजियोको घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले २५औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई पहिले अग्रता दिलाएका थिए । तर लुइस फिलेपले पहिलो हाफको अन्त्यमा लाजियोको लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफमा युभेन्ट्सका जुवान क्वार्डाडोले रातो कार्ड पाए भने लाजियोले २ गोल थप्यो । क्वार्डाडोले ६९औ मिनेटमा रातो कार्ड पाएपछि युभेन्ट्स दश खेलाडीमा झरेको थियो । त्यसको फाइदा उठाउँदै लाजियोका लागि ७४औं मिनेटमा सर्जी मिलिनकोभिक साभिच र अन्तिम समयमा फेलिपे साइसिडोले गोल गरे ।

यस सिजन पहिलो हार बेहोरेको युभेन्ट्स १५ खेलबाट ३८ अंकसहित अझै शीर्ष स्थानमा छ । समान खेलबाट ३३ अंक जोडेको लाजियो तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment