+
+

ऋचाको बिहेमा केकीको मुस्कान

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते १०:०८

नायिका केकी अधिकारीले चलचित्र ‘छ माया छपक्कै’मा काम गर्ने पक्का भएपछि, यसका निर्माता तथा कलाकार दीपकराज गिरीले भनेका थिए–‘अब केकीको पनि बिहे हुन्छ ।’ किनकी, दीपकसँग काम गर्ने नायिकाको बिहे भैरहेको छ । यसैले, केकीको पनि बिहे हुने चर्चा सुरु भएको थियो । तर, केकीको यो बर्ष बिहे हुने संभावना भने टर्दै गएको छ ।

बरु, केकी आफ्ना नजिकका साथीहरुको बिहेमा भने सहभागी हुँदै आएकी छिन् । शनिबार नायिका ऋचा शर्माले बिहे गरिन् । काठमाण्डौको एक होटलमा आयोजित बिहेमा केकी अधिकारीसहित ऋचा नजिक मानिने अन्य केही नायिका सहभागी भएका थिए ।

बिहेमा केकी आकर्षक बनेर पुगेकी थिइन् । ऋचाको ‘संगीत सेरोमोनीदेखि मेहेन्दी सेरोमोनी’मा पनि केकीको उपस्थिती थियो ।

ऋचा निर्णायक रहेको रियालिटी शो ‘कमेडी च्याम्पिएन’मा केकी निर्मात्रीको रुपमा छिन् । ऋचाको बिहेमा मुस्काएकी केकीले बिहे भने कहिले गर्ने हुन्, यसका लागि प्रतिक्षा गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?