+
+
Shares

विप्लव समूहको कार्यक्रममा लगिएका दुई बस विद्यार्थी प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते १३:१७

२२ मंसिर, हेटौंडा । विप्लव समूहको कार्यक्रममा सहभागी हुन जान लागेका मकवानपुरका दुई विद्यालयका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मनहरी गाउँपालिका २ सीता माविका विद्यार्थीलाई इलाका प्रहरी कार्यालय मनहरी र पशुपति माविका विद्यार्थीलाई नेवारपानी प्रहरी चौकीले पक्राउ गरेको हो ।

विप्लव समूहको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले भारतले सीमा मिचेको भन्दै चितवनमा प्रदर्शन कार्यक्रम राखेको छ । उक्त कार्यक्रममा सहभागी हुन मकवानपुरका दुई विद्यालयका विद्‍यार्थी बसमा राखेर लगिँदै थियो ।

प्रहरीका अनुसार  मनहरीले नियन्त्रणमा लिएको बसमा विद्यार्थी र नेवारपानीले नियन्त्रणमा लिएको बसमा शिक्षकसहितको टोली रहेको प्रहरीको भनाइ छ ।

नेवारपानी चौकीमा सगरमाथा डिलक्सको ना ७ ख ८१६२ नम्बरको बसमा नेपाली सेनाको जस्तो पोशाक लगाएका युवा दस्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका-२ का २१ वर्षीय सूर्य गोले रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?