Comments Add Comment

नयाँदिल्लीमा भिषण आगलागी, मृत्यु हुनेको संख्या ४३ पुग्यो

२२ मंसिर, काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक गोदाममा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ।

दिल्लीको दमकल विभागका प्रमुख अतुल गर्गका अनुसार घटनास्थलबाट ६३ जनालाई बाहिर निकालिएकोमा ४३ जनाको मृत्यु भएको छ ।

नयाँदिल्लीको रानी झाँसी रोडमा आइतबार बिहान आगलागी भएको हो । धेरैजसोको मृत्यु धुँवामा निसास्एिर भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घाइतेहरुलाई लोक नायक अस्पतालमा भर्ना गरिएको छ। एलएनजेपी अस्पतालका डाक्टर रितु सक्सेनाका अनुसार घाइतेहरुको उपचार भइरहेको छ।

एक सुरक्षाकर्मीका अनुसार मृत्यु हुने मध्ये अधिकांस  १५  देखि २० वर्ष उमेरका किशोर किशोरीहरु रहेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीको घट्नाप्रति गहिरो दु:ख व्यक्त गरेका छन् । आगलागीको घटना भयावह भएको भन्दै उनले ज्यान गुमाउनेप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । उनले मृतकका आफन्तलाई २/२ लाख रुपैयाँ र घाइतेलाई ५० हजार उपचार खर्च उपलब्ध गराउने घोषणा समेत गरेका छन् ।

यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल घटनास्थलमा पुगेर घटनाबारे जानकारी लिएका छन् । घटनाप्रति दु:ख व्यक्त गर्दै उनले मृतकका आफन्तलाई १० लाख क्षतिपूर्ति दिने बताए । यसका साथै उनले पूर्ण उपचार र घाइतेहरुलाई एक लाख क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् ।

आइतबार बिहान करिब साढे ५ बजेतिर आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । त्यहाँ कागज र कार्टुन उत्पादनको उद्योगसमेत रहेकाले आगो छिट्टै फैलिएको थियो । आगोका कारण नजिकका तीन घरसमेत जलेका छन् ।

पुरानो दिल्लीको यो क्षेत्रमा साँघुरा गल्ली छन् । उद्धार कार्यमा ढिलाइ हुँदा मृतकको संख्या बढेको बताइएको छ । साँघुरा गल्लीका कारण दमकल प्रवेश गर्न नसक्दा नजिकै अग्नि समन केन्द्र भए पनि आगो निभाउन समस्या भएको थियो । आगो निभाउनका लागि ३० भन्दा बढी दमकलको प्रयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment