Comments Add Comment

तेस्रो स्वर्ण जित्दै गौरिकाले रचिन् इतिहास

२२ मंसिर, काठमाडौं । जलपरी गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग) ऐतिहासिक तेस्रो स्वर्ण जितेकी छन् ।

१३औं सागको पौडी अन्तरगत आइतबार ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरा गरिन् ।

आइतबार नै भएको ५० मिटर ब्याकस्ट्रोकमा भने उनी रजत पदकमा सिमित भइन् । यस्तै ४०० मिटर फ्री स्टाइलमा भने गौरिकासहितको टिमले काश्य पदक जितेको छ ।

तीन स्वर्ण जित्ने पहिलो नेपाली

गौरिका सागको एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

उनले पौडीको पहिलो दिन २०० मिटर फ्री स्टायल र दोस्रो दिन २००ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । १०० मिटर ब्याकस्ट्रोकमा रजत जितेकी छिन् ।

४०० मिटर फ्री स्टाइलमा भने गौरिकासहितको टिमले काश्य पदक जितेको छ । यससँगै १३औं सागमा उनको पदक तीन स्वर्ण, एक रजत र दुई काश्य भएको छ ।

को हुन् गौरिका ?

काठमाडौं पुख्र्यौली घर भएपनि गौरिका बेलायतमा हुर्किएकी हुन् । बुवा पारस सिंह र आमा गरिमा राणासँग उनी २ वर्षको उमेरमा बेलायती पुगेकी हुन् । ९ वर्षको उमेरदेखि पौडीमा प्रतिस्पर्धा गर्न थालेकी उनले १२औं सागमा नेपालका लागि खेलेकी थिइन् ।

गौरिकाको मेरो कथा : पौडीमा नेपाललाई स्वर्ण जिताउँछु 

त्यसपछि ब्राजिलमा भएको समर ओलम्पिक, २०१८ को एसियाली खेलकुदमा भाग लिइन् । रियो ओलम्पिकमा भाग लिँदा उनी मात्र १३ वर्षकी थिइन् । त्यही कारण सबैभन्दा कान्छी खेलाडीका रुपमा उनको विश्वभर चर्चा भयो ।

उनले गत वैशाखमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेकी थिइन् ।

नेपालको स्वर्ण पुग्यो ४५

गौरिकाको पदकसँगै १३औं सागमा आयोजक नेपालको स्वर्ण ४५ पुगेको छ । आइतबार नेपालका लागि गौरिका र जुडोकी देविका खड्काले स्वर्ण दिलाएकी हुन् ।
पहिलो दिन नेपालले सर्वाधिक १५ स्वर्ण जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment