+
+
Shares

उत्तरपुस्तिका साटफेर गरी पास गराउने त्रिविका अधिकृतविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते १८:०१

२२ मंसिर, काठमाडौं । परीक्षार्थीसँग घुस लिएर उत्तरपुस्तिका साटफेर गरी पास गराइदिएको आरोप लागेका त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृतसहित २ कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत कमलप्रसाद दाहाल, त्रियुगा जनता बहुमुती क्याम्पस गाईघाटका प्रशासन सहायक तेजनारायण चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुले परीक्षार्थीसँग रकम लिई परीक्षाका उत्तरपुस्तिकाको प्राप्ताङ्क फेरबदल, साटासाट तथा उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई प्रभावमा पारी लेखिएको उत्तरपुस्तिकाको बाहिरी कभरपेज उही राखी भित्री पानाहरु घर लगेर विज्ञहरुलाई लेख्न लगाई फेरि सोही वास्तविक कभरपेजमा स्टिज लगाउने गरेको पाइएको अख्तियारले जनाएको छ ।

दाहाललाई त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका विद्यार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालको परीक्षा केन्द्रबाहिर लेखिएका उत्तरपुस्तिका तेजनारायण चौधरीमार्फत लिई साटफेर गरी आफ्नो ओहोदा र पदको दुरुपयोग गरेको अभियोग लगाइएको छ ।

अख्तियारका अनुसार चौधरीले विद्यार्थीलाई परीक्षा केन्द्र बाहिर अर्को उत्तरपुस्तिकामा परीक्षा दिन लगाई ती उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृत दाहाललाई दिने गरेका थिए ।

अख्तियारले परीक्षा केन्द्र बाहिर परीक्षा दिने विद्यार्थीहरु जानुका आलेमगर र हिरा कटुवाललाई पनि मतियार भई परीक्षाको परिणाम फेरबदल गर्न लगाई लाभ प्राप्त गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?