+
+
Shares

जब हेर्दाहेर्दै युवतीले मुग्लिन पुलबाट हाम फालिन्…

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते २१:४०
Photo Credit : डिला पन्तको ट्वीटरबाट

२२ मंसिर, काठमाडौं । आइतबार दिउँसो २ बजेतिर मुग्लिङ पुल छेवैमा रहेको पुरानो मर्स्याङ्दी फ्रेस फिस होटलबाट एक युवती खोलामा हाम फाल्न लागेको दृश्य देखियो । अन्दाजी १९ वर्षीया युवती पुलको ढिलमा उक्लिएकी थिइन् । र, पानीतिर हेरिरहेकी थिइन् ।

रेष्टुरेन्टका कर्मचारीको आँखै अगाडि उनी खोलामा खसिन् । पानीमा तैरिरहेको देखेपछि वेटर धादिङका २० वर्षीय सन्तोष गुरुङ दौडिएर नदीमा पसे ।

पौडीमा सिपालु गुरुङले केहीवेरमै युवतीको उद्दार गरे । अन्य युवामा पनि नदीतिर पुगेका थिए । तर, उनले नै नदी किनारसम्म ल्याए ।

‘माथिबाट हाम फाल्दा छातीमा परेछ । छाती दुख्यो भनिरहनु भएको थियो’, उनी सम्झन्छन् ।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा उनले ‘… का कारण’ आत्महत्या गर्न खोजेको भनेकी छन् । थप अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।

स्थानीयले युवती खोलामा खसेको देखेलगत्तै प्रहरी कन्ट्रोल १०० मा फोन गरेर घटनाबारे जानकारी दिएका थिए । अहिले युवतीको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?