+
+

इनास भिक्टोरीयाको अध्यक्षमा गौतम लामिछाने चयन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २३ गते १२:०६

८ डिसेम्बर, मेलबर्न । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को भिक्टोरिया राज्य समिति गठन भएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा छरिएर रहेका नेपाली कलाकार, साहित्यकारहरुको भेलाले सर्बसम्मतबाट राज्य समिति गठन गरेको हो ।

भेलाबाट २०१९-२०२१ का लागि अध्यक्षमा गौतम लामिछाने, उपाध्यक्षमा पार्वती पहारी र बिराज थापा, सचिवमा उज्ज्वल अधिकारी,कोषाध्यक्षमा अनु पाण्डे, र प्रवक्तामा मनोज पौडेल सर्बसम्मत चयन भएका छन् ।यस्तै, सदस्यहरुमा अरुण चित्रकार, सुमन गुरुङ, लक्ष्मण सन्ज्याल, ईश्वरी पौडेल र कुमार महर्जन रहेका छन ।

ओसेनिया को-ओर्डिनेटर सुशील चालिसे संरक्षक रहेको समितिको पहिलो बैठकले आवश्यकता अनुसार संरक्षक तथा सल्लाहकारहरुको चयन गर्ने नवनिर्वाचित अध्यक्ष गौतम लामिछानेले जानकारी दिए ।

इनासका ओसेनिया को-ओर्डिनेटर सुशील चालिसेको सकृयतामा भिक्टोरीया राज्यका नेपाली कलाकार र साहित्यकारहरूको भेला भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?