 
																			२४ मंंसिर, काठमाडौं । एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्तको दोस्रो साधारणसभा सोमवार काठमाडौंमा सम्पन्न भएको छ । संस्था सञ्चालक समितिका अध्यक्ष अर्जुनराज खनियाकोे अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको प्रतिवेदनसहित आव.२०७५/७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायलगायतका कार्यालयबाट आवश्यक स्वीकृति प्राप्त भएपश्चात् सर्वसाधारणहरूका लागि प्राथमिक शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, सभाले संस्थाको अध्यक्षमा कपिल ढकाललाई चयन गरेको छ, उनी हाल एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । सोमवारै ढकालले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालबाट पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरे । संस्थाका १९ जिल्लामा ६१ शाखा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4