+
+
Shares

नीताको बेहुली बन्ने रहर

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २५ गते १४:२२

मंसिर महिनामा नायिका ऋचा शर्माले बिहे गरिन् । नेपाली चलचित्रका नायिकाहरुको बिहेको महिनामा चर्चा अझै बढ्छ । अविवाहित नायिकाको बिहे कहिले जस्ता शिर्षक मिडियामा छाउँछन् । यो बर्ष नायिका ऋचा शर्मापछि अर्की नायिका आँचल शर्माले बिहे गर्ने चर्चा पनि चलेको छ । यता, नायिका नीता ढुंगानालाई भने बिहे गर्ने चाहना बढेको छ ।

नायिकाले फेसबुकमा लेखेकी छिन्–‘तिम्रो घरमा बेहुली भएर आउन मन छ ।’ नीताले कुनै अज्ञात व्यक्तिको घरमा बेहुली भएर आउन मन लागेको उल्लेख गरेकी छिन् ।

नीताको यो स्टाटसले पनि उनलाई मंसिर महिना लागेसँगै बिहे गर्ने चाहना बढेको देखिन्छ । नीताको मात्र होइन, अन्य केही नायिकाको पनि मनमा यो खालको हुटहुटी बढेको फेसबुक स्टाटसबाट वुझ्न सकिन्छ ।

नीताले सामाजिक संजालमा मात्र स्टाटस लेखेर बस्ने कि, बिहेका लागि मनले खाएको व्यक्ति पनि रोजेर झ्याँई पार्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?