+
+

दाइलाई लिन आएको स्कुलबसले भाइको ज्यान लियो

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २५ गते १५:१२

२५ मंसिर, विराटनगर । स्कुल बसले किचेर मोरङको बेलबारी नगरपालिका– ५ मा एक वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवकुमारी साहकी एक वर्षीय छोरा यसराज साह रहेका छन् ।  कसेनी बोडिङ स्कुलको एकलेजीमा पढ्ने पाँच वर्षीय छोरा सोनुलाई लिन आएको बसमा चढाउन जाँदा यसराज पनि साहले सँगै लगेकी थिइन् । उनले यसराजलाई भुँईमा राखेर सोनुलाई गाडीमा चढाएकी थिइन् ।

सोनुलाई बसमा चढाउँदा भुँईमा राखेको छोरा घस्रिँदै बस मुनी पुगेका थिए । विद्यार्थी चढेपछि हतार गर्दै हुँइकिएको बसले किच्दा नाबालकको घटना स्थलमै मृत्यु भएको हो ।

बिहान सवा ९ बजेको समयमा विद्यार्थी लिएर स्कुल आउँदै गरेको को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कुलको बसले यसराजलाई किचेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार शिवकुमारी साहले दुवै छोराहरुलाई सँगै लिएर गाडीसम्म गएकी थिइन् । सानो छोरालाई भुँईमा राखी ठूलो छोरालाई बसमा चढाएपछि गुडेको बसले नावालकलाई किचेको हो ।

बसका चालक बेलबारी नगरपालिका–६ का ४५ वर्षीय डम्बरबहादुर खड्कालाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?