Comments Add Comment

सागका पदक विजेतालाई शुक्रबार शहर परिक्रमा गराइने

२५ मंसिर, काठमाडौं । सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीहरुलाई उपत्यका परिक्रमा गराइने भएको छ । सरकारले बुधबार मात्र पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार घोषणा गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालकाअनुसार शुक्रबार पदक विजेता खेलाडीहरुलाई शहर घुमाउने कार्यक्रम राखिएको छ । रुट भने भोलि बिहीबार तय हुनेछ ।

सागमा नेपालले ५१ स्वर्ण जितेको छ । यस्तै ६० रजत र ९५ कांस्य जितेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment