Comments Add Comment

सागमा स्वर्ण जित्ने नेपाली टिमले जे लिग टिमसँग मैत्रीपूर्ण खेल खेल्ने

२६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्णपदक विजेता नेपाली यू–२३ पुरुष फुटबल टोलीले जापानको जे लिग खेल्ने टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार जापानी टोलीले नेपालमा २ मैत्रीपूर्ण खेल खेल्दैछ ।

पहिलो खेल नेपाल यू–२३ फुटबल टिमसँग डिसेम्बर १३ मा हुनेछ । खेल दशरथ रंगशालमा हुनेछ । यस्तै, डिसेम्बर १५ मा नेपाली लिग च्याम्पियन मनाङ मस्र्यांदीसँग जापानी टोलीले मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।

जापानी टिममा जे लिग खेल्ने विभिन्न क्लबका खेलाडीसम्मिलित यू–२२ टिम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment