Comments Add Comment

एटलान्टा च्याम्पियन्स लिगको नकआउट चरणमा

२६ मंसिर, काठमाडौं । इटालियन क्लब एटलान्टा च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ ।

बुधबार राति भएको खेलमासमूह चरणको अन्तिम खेलमा शाख्तर डोनेस्कलाई ३–० ले हराएको एटलान्टा समूह सीको उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको हो । पहिलो पटक च्याम्पियन्स लिग खेलेको इटलान्टाले सुरुको तीन खेलमा हार व्यहोरेको थियो र चार खेलबाट मात्र एक अंक जोडेको थियो ।

तर डिनामो जाग्रेब र शाख्तर डोनेस्कविरुद्ध जित हात पार्दै समूह उपविजेता बन्न सफल भयो ।

बुधबार राति शाख्तर डोनेस्कको घरेलु मैदानमा भएको खेलमा उसका लागि टिमिथी कास्टेन, मारियो पसालिक र गोबिन गोसेन्सले गोल गरेका थिए । खेलको अन्त्यतिर डोगाले रातो कार्ड पाउँदा घरेलु टोलीले भने १० खेलाडीमा खेल टुंग्यायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment