
२६ मंसिर, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । एक सन्देश जारी गर्दै मुख्यमन्त्री राईले किराँत समुदायको महान पर्व उद्यौली २०७६ को शुभकामना व्यक्त गरेका हुन् ।
उधौली पर्वको अवसरमा प्रदेश सरकारले सार्बजनिक विदा दिएको छ । किराँत समुदायको बाक्लो बसोबास रहेको प्रदेश १ मा सरकारले सार्बजनिक विदा दिएको हो ।
बिहीवार शुभकामना सन्देशमा जारी गर्दै राईले भनेका छन् ‘यहाँ मनाउने उधौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको छ ।’
मौलिक साँस्कृतिक चाड पर्वहरुले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीच आपसी सद्भाव सुमधुर बनाउन बनाउने राईले बताएका छन् ।
पर्वले नेपालका सबै जातजाती एकताबद्ध भै आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा अगाडि बढ्न मुख्यमन्त्री राईले आग्रह गरेका छन् ।
प्रतिक्रिया 4