+
+
Shares

दोहारो अंकले बढ्यो सेयर बजार, ७६ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २६ गते १५:०१

२६ मंसिर, काठमाडौं । साताको अन्तिम दिन सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । बिहीवार नेप्से ११.१७ अंकले बढेर ११७२.६४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४१ अङ्कले बढेर २५५.६० पुगेको छ ।

परिसूचक बढेसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । बिहीवार कुल १६८ कम्पनीका २१ लाख दुई हजार ६१ कित्ता शेयर ७६ करोड ४० लाख २५ लाख २१३ मा खरिदबिक्री भए । कारोबार भएका कुल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको छ ।

व्यापार १९, होटल ३.७, उत्पादन ४४.९८, अन्य १.९४, माइक्रोफाइनान्स उपसमूहको शेयर ८.२२ अङ्कले घटेको छ । यस्तै बैंकिङ २.८२, विकास बैंक २.७२, हाइड्रोपावर २८.९७, फाइनान्स १.४, निर्जीवन बिमा ३३२.०४, जीवन बिमा २७८.६९ र सामूहिक लगानी कोषको शेयर ०.०९ अङ्कले बढ्यो ।

कारोबार रकमका आधारमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको शेयर आठ करोड २८ लाख ५२ हजार ३१ मा खरिदबिक्री भयो ।

यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको चार करोड १० लाख ७० हजार ६२०, एनएमबी बैङ्कको तीन करोड ७६ लाख ५९ हजार ५४४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन करोड ६६ लाख ५३ हजार ५४४, नेपाल बैंक लिमिटेडको दुई करोड एक लाख ८९ हजार ३८ र नेपाल इन्स्योरेन्स कम्पनीको शेयर एक करोड ८६ लाख ३८ हजार २१६ मा खरिदबिक्री भयो ।

आज सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.७७ प्रतिशतले गुमाए । यस्तै साल्ट्र ट्रेडिङ कम्पनीले ४.६०, युनिलिभर नेपाल लिमिटेड ३.९३, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ३.६७, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले समान ३.४४ तथा आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.२७ प्रतिशतले गुमाए ।

स्टकका अनुसार आज सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै सूर्य लाइफ इन्स्योरेन्स ९.९६, हिमालयन जनरल इन्स्योरेन्स ९.९३, सगरमाथा इन्स्योरेन्स ९.९२, हिमालयन ऊर्जा विकास कम्पनी र आइएमइ जनरल इन्स्योरेन्सका लगानीकर्ताले समान ९.८० तथा नेपाल इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.७९ प्रतिशतले कमाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?