
२६ मंसिर, काठमाडौं । नेवार समुदायले ज्यापु दिवस तथा योमरी पूर्णिमा मनाएका छन् ।
बिहीबार बसन्तपुर क्षेत्रमा बेग्लै रौनक थियो । नेवार समुदायहरु परम्परागत भेषभूषामा सजिएका थिए । चामलको पिठो, खुवा र चाकुले बनेको यःमरी ट्रकमा लोड गरिएको थियो । अघि-अघि ट्रक र त्यसको पछि-पछि बाजागाजासहित नेवार समुदायका व्यक्तिहरु नगर क्षेत्र परिक्रमा गर्न खोज्दै थिए ।
ज्यापु संस्कृति विकास कोषले हरेक वर्ष ज्यापु दिवसमा यस्तै कार्यक्रम गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4