Comments Add Comment

क्याल्सियमको कमी नहुन दिन

हाम्रो उमेर बढ्दै जाने क्रममा क्याल्सियमको कमी पनि हुन थाल्छ । तर, एउटा अध्ययनका अनुसार १४ देखि १७ वर्षको उमेरका करिब २० प्रतिशत युवतीहरुमा क्याल्सियमको कमी भएको पाइन्छ । केही समय अगाडि यति धेरै क्याल्सिमको कमी केवल गर्भवती र उमेर पुगेका महिलाहरुमा मात्र हुने गर्थ्यो ।

अहिलेको बिग्रँदो जीवनशैली कारण सानो उमेरबाट नै महिलाहरुमा क्याल्सियमको कमी हुन थालेको छ । हिजोआज मानिसहरु घरको खानाभन्दा प्याकेटमा बन्द भएका खानाप्रति आकषिर्त हुन थालेका छन् । जसका कारण उनीहरुको शरीरलाई सन्तुलित भोजन प्राप्त हुँदैन ।

महिला आफ्नो श्रीमान् र बालबालिकाको स्वास्थ्यबारे पर्याप्त हेरचाह गर्छन् । तर, आफ्नो फिटनेसप्रति लापरवाही हुन्छन् । राम्रो स्वास्थ्य र बलियो शरीरका लागि क्याल्सियम अति नै आवश्यक हुन्छ । यसले हड्डीहरु र दाँतलाई बलियो बनाउँछ । हाम्रो हड्डीको ७० प्रतिशत भाग क्याल्सियम फस्फेटले बन्छ । त्यसैले हड्डी र दाँत स्वास्थ्य रहनका लागि क्याल्सियम आवश्यक पर्छ ।

पुरुषहरुको तुलनामा महिलाहरुलाई क्याल्सियमको बढी आवश्यकता हुन्छ । उनीहरुको शरीरमा एक हजारदेखि १२ सय एमएल क्याल्सियम हुनु आवश्यक छ । नभए यसको कमीका कारण विभिन्न किसिमका समस्याहरु उत्पन्न हुन्छ ।

तन्दुरुस्त मुटु, माशंपेशीको फिटनेस, दाँत, नङ र हड्डीलाई बलियो बनाउनका लागि क्याल्सियमको आवश्यकता पर्छ । यसको कमीले बारम्बार फ्याक्चर हुने र ओस्टियोपोरोसिसको खतरा, सम्पूर्ण शरीर दुख्ने, थकावट, मुटुको धड्कनको गति बढ्ने, महिनावारीमा धेरै पीडा हुने, कपाल झर्ने जस्ता समस्याहरु उत्पन्न हुन्छन् । त्यस्तो अवस्थामा तपाईं आफ्नो शरीरमा क्याल्सियमको पूर्ति सप्लिमेन्टले भन्दा खानाले गर्नु फाइदाजनक हुन्छ ।

महिलाहरुमा क्याल्सियमको कमीका कारण

मेनापोज हुने उमेरमा अर्थात् ४५ देखि ५० वर्षको महिलाहरुमा प्रायः क्याल्सियमको कमी सबैभन्दा धेरै हुन्छ । किनभने यो उमेरमा फिमेल हारमोन एस्ट्रोजनको स्तर घट्न थाल्छ । एस्ट्रोजनले क्याल्सियम, मेटाबोलिज्ममा महत्वपूर्ण भूमिका निभाउँछ ।

हारमोनल परिर्वतन

क्याल्सियम रिच डाइटको कमी विशेष गरेर डेयरी प्रोडक्टहरु जस्तै दुध, दही आदि नखानु ।

हारमोन डिसअर्डर हाइपोथाइरायडिज्म

यो अवस्थामा शरीरमा पर्याप्त मात्रामा थाइराइडको उत्पादन हुँदैन । जसले रगतमा क्याल्सियमको स्तरलाई नियन्त्रण गर्छ । प्रायः महिलाहरु धेरै समय भान्छामा बिताउने गर्छन् । तर, उनीहरु भान्छामा त्यस्ता धेरै सामाग्रीहरु उपलब्ध छन् जसले उनीहरुको शरीरमा क्याल्सियमको कमीलाई हटाउन सक्छ भन्ने कुरा थाहा हुँदैन । यी सामाग्रीहरुको सेवनले उनीहरुलाई क्याल्सियम सप्लिमेन्टहरु लिन आवश्यक पर्दैन ।

रागी

रागीमा पर्याप्त मात्रामा क्याल्शियम हुन्छ । १०० ग्राम रागीमा करीब ३७० मिलीग्राम क्याल्सियम पाइन्छ ।

सोयाविन

सोयाबीनमा पनि पर्याप्त मात्रामा क्याल्सियमा समावेश हुन्छ । १०० ग्राम सोयाबीनमा करिव १ सय ७५ मिलीग्राम क्याल्सियम हुन्छ ।

पालुगो

पालुगो  मन नपर्ने महिलाहरु पनि धेरै छन् । तर, उनीहरुलाई पालुंगोमा पर्याप्त मात्रामा क्याल्सिङ्सयम हुन्छ भन्ने कुरा थाहा नहुन सक्छ । १०० ग्राम पालुंगोमा ९० मिलिग्राम क्याल्सियम पाइन्छ । यसको प्रयोग गर्नुभन्दा पहिला यसलाई कम से कम एक मिनेट उमाल्नुपर्छ । जसले गर्दा यसमा समावेश ओक्सेलिक एसिड कन्सन्ट्रेसन घट्छ । जुन क्याल्सियम अबजर्वेसनको लागि आवश्यक हुन्छ । भर्खरै गरिएको एक अध्ययनका अनुसार नरिवलको तेल प्रयोग गरेर बोन डेन्सिटीको कमीलाई रोक्न सकिन्छ, साथै यसले शरीरमा क्याल्सियमको अवशोषणमा पनि सहयोग पुर्‍याउँछ ।

घाम ताप्नु

भोजनले मात्र हैन क्याल्सियम प्राप्त गर्न बिहानको घाम ताप्नु पनि आवश्यक छ । किनभने घाममा समावेश भिटामिन-डी क्याल्सियम अवशोषणको लागि अति नै आवश्यक हुन्छ । भिटामिन-डी रगतमा क्याल्सियमको स्तरलाई नियन्त्रण गर्नका लागि जिम्मेवार हुन्छ । यसको सेवनले शरीरमा क्याल्सियम अवशोषित गर्ने क्षमतालाई बढाउँछ र हड्डी भाँचिने खतरा पनि कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment