
नायिका श्रृष्टी श्रेष्ठलाई कामको अभाव छैन । उनको हातमा उनका प्रेमी सौगात मल्लको हातमा जती चलचित्र पर्छन्, अधिकांश पर्छन् । सौगातले श्रृष्टीलाई सिफारिश गर्ने गरेको चर्चा पनि सुनिन्छ । यो जोडी लिभिङ टूगेदरमा छ । यसैले पनि एकसाथ काम गर्न बढी इच्छुक भएको हुनसक्छ ।
श्रृष्टी श्रेष्ठको चलचित्र करिअर औषत हो । उनको हातमा चलचित्रको अभाव नभएपनि उनी चलेकी भने छैनन् । श्रृष्टी श्रेष्ठलाई चलचित्रको पर्दामा हेर्दा दर्शकले सफ्ट अवतारमा बढी पाउँछन् ।
‘माछा माछा’को आइटम गीतमा बोल्ड बनेकी श्रृष्टी प्राय चलचित्रमा साधारण यूवतीको भूमिकामा देखिन्छिन् । तर, सामाजिक संजाल इन्स्टाग्राममा भने उनको बोल्ड अवतार झल्किएको पाइन्छ ।
चलचित्रको पर्दामा उनलाई सफ्ट भूमिका नै बढी अफर आएको हुनसक्छ । नायिका श्रृष्टी श्रेष्ठले इन्स्टाग्राममा हालेको एक तस्वीरमा अधिकांश नायिकाहरुले उनको तारिफ गरेका छन् ।
प्रतिक्रिया 4