+

ब्रिगेड ब्वाइजमा फर्किए अनिल गुरुङ

२०७६ मंसिर  २७ गते १२:५७ २०७६ मंसिर २७ गते १२:५७
ब्रिगेड ब्वाइजमा फर्किए अनिल गुरुङ

२७ मंसिर, काठमाडौं । भेट्रान फरवार्ड अनिल गुरुङ झण्डै डेढ दशकपछि ब्रिगेड ब्वाईज क्लब (बीबीसी)मा फर्किएका छन् ।

बीबीसीले यो सिजनको शहीद स्मारक ए डिभिजन लिगका लागि अनिललाई अनुबन्ध गरेको छ र कप्तानको जिम्मेवारी दिएको छ ।

पोखराको सहारा क्लबबाट फुटबल करियर सुरु गरेका अनिलले २०६२ सालमा बीबीसीबाटै ए डिभिजन लिगमा डेब्यू गरेका थिए ।

अनिलले गत सिजन थ्री स्टार क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए । त्यसअघि अनिलले मनाङ मर्स्याङ्दी क्लबबाट पनि खेलेका थिए । भारतीय आई लिग क्लब हिलोङ लाजोङबाट पनि खेलेका थिए ।

ए डिभिजन लिग २०७६ को उद्घाटन खेलमा बीबीसीले राष्ट्रिय खेलाडीहरुले भरिएको मछिन्द्र क्लबसँग खेल्नेछ । मछिन्द्रले राष्ट्रिय टिमका अर्का पूर्वकप्तान विराज महर्जनको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय