+

वार्नरले पुरा गरे ७ हजार रन

२०७६ मंसिर  २८ गते २०:११ २०७६ मंसिर २८ गते २०:११
वार्नरले पुरा गरे ७ हजार रन

काठमाडौं । अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले ७ हजार रन पुरा गरेका छन् । उनले न्यूजिल्याण्डविरुद्ध पहिलो टेष्टको तेस्रो दिन शनिबार उनले यो पुरा गरेका हुन् । वार्नरले ८२औं म्याचमा ७ हनार रनको आँकडा पुरा गरे ।

यससँगै उनी वार्नर ७ हजार रनको आँकडा पुरा गर्ने १२औं अष्ट्रेलियन ब्याट्सम्यान बने ।

उनको नाममा २३ शतक र ३० अर्धशतक रहृयो । उनको व्यक्तिगत स्कोर नटआउट ३३५ रहृयो । गत महिना पाकिस्तानविरुद्ध यो रेकर्ड बनाएका थिए ।

टेष्टमा अष्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने कीर्तिमान भने रिकी पोन्टिङको नाममा छ । उनले १६८ म्याचमा १३ हजार ३७८ रन बनाएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय