Comments Add Comment

ब्राउन राइसले छाला चम्किलो बनाउन सकिन्छ ?

प्रदूषणका कारण हाम्रो छाला फोहोर हुन थाल्छ । त्यस्तो स्थितिमा प्राकृतिक उत्पादक जस्तै ब्राउन राइसको प्रयोग राम्रो उपाय हुनसक्छ । त्यसमा समावेश भएको पोषक तत्वले छालालाई सुन्दर र स्वस्थ बनाइराख्न सहयोग पुर्‍याउँछ । त्यसैले आज हामी ब्राउन राइसले छालालाई कसरी सुन्दर बनाउन सहयोग गर्छ भन्ने बारेमा केही जानकारीका बारेमा चर्चा गर्नेछौं ।

पिगमेन्टेसन हटाउँछ

ब्राउन राइसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । जसले छालालाई चाउरिन र पिगमेन्टेसनबाट बचाउँछ । यसले सूर्यको हानिकारक किरणहरुबाट हुने नोक्सानबाट पनि तपाईंको छालाको रक्षा गर्छ । तपाईं ब्राउन राइसको पेस्ट बनाएर अनुहारमा लगाउन पनि सक्नुहुन्छ ।

डण्डिफोरका लागि ब्राउन राइस

ब्राउन राइसमा पर्याप्त मात्रामा नियासिन अर्थात् भिटामिन-बी ३ समावेश हुन्छ । नियासिनले छालामा डण्डिफोर आउनबाट बचाउँछ । त्यसको साथै यसमा एन्टिइन्फ्लेमेन्टरी गुण पनि हुन्छ । जसले पिम्पल्ससँग लड्न सहयोग गर्छ । तपाईं ब्राउन राइसको पानी (माड) को प्रयोग टोनर जस्तै गर्न सक्नु हुन्छ । यसले अनुहारमा आउने डण्डिफोर ठिक हुन्छ ।

र्‍यासेस र सनबर्नलाई कम गर्न

ब्राउन राइसमा एन्टिइन्फ्लेमेटरी गुण हुन्छ । जसले छालामा हुने सनबर्न र र्‍यासेसबाट आराम प्रदान गर्छ । अंकुरित ब्राउन राइसमा साधारण ब्राउन राइसभन्दा धेरै एन्टी-इन्फ्लेमेटरी गुण पाइन्छ । र्‍यासेज र सनबर्नको समस्यालाई कम गर्नका लागि ब्राउन राइसको माडको प्रयोग गर्नुपर्छ । यसलाई तपाईं कपासको सहयोगले अनुहारमा लगाउन सक्नुहुन्छ ।

ब्राउन राइस पकाउने तरिका

पाकेको खानालाई दुध अथवा सोया दुधसँग उमाल्ने र त्यसमा दाल चीनी, जाइफल, किसमिस र मह मिसाएर खिर बनाउन सक्छौं । यसरी ब्राउन राइसबाट स्वादिष्ठ खिर बनाउन सकिन्छ ।

बाँकी रहेको चामलमा चिकन, पनीर अथवा आफूलाई मन पर्ने तरकारी, मसला र अलिकति बदाम मिसाएर सलाद बनाउन सकिन्छ । बालबालिकाका लागि यो अति नै स्वास्थबर्द्धक हुन्छ । खानासँग बिन्स र अन्य तरकारी मिसाएर पनि यसबाट फाइदा लिन सकिन्छ । खानासँग काटेको तरकारीलाई ब्रेडको बीचमा राखेर अतिकति सससँग पनि यसको सेवन गर्न सकिन्छ । बे्रकफास्टका लागि यो राम्रो उपाय हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment