Comments Add Comment

पीपीएल क्रिकेटमा धनगढी ब्लुजको विजयी सुरुवात

Photo Credit : PPL

३० मंसिर, पोखरा । पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा एक्सपर्ट धनगढी ब्लुजले विजयी सुरुवात गरेको छ । सोमबारको दोस्रो खेलमा धनगढीले विराटनगर टाइटन्सलाई पाँच रनले हराएको हो ।

निर्धारित २० ओभरको खेलमा धनगढीले ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो । ११८ रनको लक्ष्य पछ्याएको विराटनगर ९ विकेटको क्षतिमा ११२ रनमा समेटियो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको धनगढीका लागि कमल सिंहले नटआउट २६ रन बनाए । यस्तै सिरिमान्था विजयरत्नेले २५, रोड्रिगो थोमसले १६, सौरभ खनालले १२ र मन्जि श्रेष्ठले ११ रन बनाए ।

बलिङतर्फ सहबाब आलमले ३ र नोमान खानले २ विकेट लिए ।

विजय लक्ष्य पछ्याउने क्रममा विराटनगर टाइटन्सका लागि राजु रिजालले सर्वाधिक २५ रन बनाए । सुनिल धमलाले १८, पुनित मेहराले १५, नोमान खानले ११ र कप्तान प्रदीप ऐरीले १० रन बनाए ।

बलिङतर्फ दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । उनी प्लेयर अफ दी म्याच भए । सागर ढकालले २ तथा कमल सिंह, अमित यादव र अनिल खरेलले एक–एक विकेट लिए ।

सोमबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्स र काठमाडौं गोल्डेन्सबीच प्रतिष्पर्धा भइरहेको छ । सो खेलको प्रत्यक्ष प्रशारण हिमालय टिभी एचडीले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment