Comments Add Comment

केशव र दीपकलाई चलचित्रकर्मीको श्रद्धाञ्जली

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइलाई चलचित्रकर्मीले श्रद्धाञ्जली अर्पण गरेका छन् । भट्टराइको आइतबार राती निधन भएको थियो । यस्तै, अर्का कलाकार दीपक क्षेत्रीलाई पनि चलचित्रकर्मीले श्रद्धाञ्जली अर्पण गरेका छन् । क्षेत्रीको शनिबार निधन भएको थियो ।

भट्टराई र क्षेत्रीलाई श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डको परिसरमा राखिएको छ । उनीहरुलाई श्रद्धाञ्जली दिनका लागि निर्देशक, निर्माता, कलाकार, प्राविधिकहरु विकास बोर्ड पुगेका छन् ।

यो पनि पढ्नुहोस एक कलाकारको नाटकीय प्राणान्त ! यो पनि पढ्नुहोस चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

केशव र दीपक दुबैको राष्ट्रिय सम्मानका साथ अन्तेष्टी गरिनेछ । विकास बोर्डमा श्रद्धाञ्जलीपश्चात दुबैको शवलाई पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ । पशुपति आर्यघाटमा नै दुबैको राष्ट्रिय सम्मानका साथ अन्तेष्टी गरिनेछ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment