+

च्याम्पियन्स लिग : म्यानचेष्टर सिटी र रियल मड्रिड अन्तिम १६ मै भिड्ने

२०७६ मंसिर  ३० गते १७:१८ २०७६ मंसिर ३० गते १७:१८
च्याम्पियन्स लिग : म्यानचेष्टर सिटी र रियल मड्रिड अन्तिम १६ मै भिड्ने

३० मंसिर, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा म्यानचेष्टर सिटीले रियल मड्रिड प्रतिद्वन्द्वी पाएको छ ।

सोमबार भएको ड्रमा साविकको विजेता लिभरपुलले स्पेनिस क्लब एथ्लेटिको प्रतिद्वन्द्वी पाएको छ । यस्तै चेल्सीले बार्यन म्युनिख र टोटनहृयामले लिपिङसँग खेल्नेछन् ।

बार्सिलोनाले नापोली र भ्यालेन्सियाले एटलान्टा प्रतिद्वन्द्वी पाएका छन् भने पेरिस सेन्ट जर्मेनले बोरुसिया डर्टमण्ड र युभेन्टसले लायनसँग खेल्नुपर्ने भएको छ ।

पहिलो लेग १८, १९, २५ र २६ फेब्रुअरीमा हुने छ भने दोस्रो लेग १०, ११, १७ र १८ मार्चमा हुनेछ ।

यो सिजनको फाइनल भने ३० मेमा इस्तानबुलमा हुनेछ । यो त्यही मैदानमा हो, जहाँ २००५ मा लिभरपुलले एसी मिलानलाई हराएर उपाधि जितेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय