+

साउखलको दुई गोलसँगै च्यासलको विजयी सुरूआत

२०७६ मंसिर  ३० गते १७:२५ २०७६ मंसिर ३० गते १७:२५
साउखलको दुई गोलसँगै च्यासलको विजयी सुरूआत

काठमाडौं । सन्तोष साउखलको दुई गोलसँगै च्यासल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा च्यासलले संकटा क्लबलाई २-० ले पराजित गरेको हो । च्यासलका लागि कप्तान साउखलले दुवै हाफमा एक-एक गोल गरे ।

२५औं मिनेटमा सन्तोषले पेनाल्टी एरियाबाट गरेको प्रहार संकटाका गोलकिपर विनय श्रेष्ठले बचाएका थिए तर ४१ औं मिनेट सन्तोषले गोल गरे । नितिन थापाको पासमा उनले पेनाल्टी एरिया भित्रबाट गोल गरेका हुन् ।

खेलको ७५ औं मिनेटमा संकटाका क्षितिज राजको प्रहार च्यासलका अभिषेक लिम्बुले गोलकिपर बिट भइसकेको अवस्थामा क्लियर गरेका थिए भने ७७औं मिनेटमा संकटाका सुवाष गुरुङको प्रहार च्यासलका गोलकिपर एलन न्यौपाने पन्च गर्दा बारमाथिबाट बाहिरिएको थियो । ८०औं मिनेटमा लक्ष्मण रुचाल रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदान बाहिरिएपछि संकटा १० खेलाडीमा सिमित भयो ।

त्यसको फाइदा उठाउँदै सन्तोषले ८४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय