Comments Add Comment

भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी, १५ वर्षीय छोराले दिए दागवत्ती

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको दाहासंकार पशुपति आर्यघाटमा गरिएको छ । उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको हो । उनलाई नेपाल प्रहरीले सलामी दिएको थियो । केशवलाई श्रद्धाञ्जली दिनका लागि सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा पशुपति आर्यघाट पुगेका थिए । उनलाई १५ वर्षका छोराले दागवत्ती दिएका थिए ।

यो पनि पढ्नुहोस एक कलाकारको नाटकीय प्राणान्त !

भट्टराईको आइतबार राति निधन भएको थियो । उनको शवमा सञ्चारमन्त्री बास्कोटाले नेपालको झण्डा ओडाएका थिए ।

यस्तै, कलाकार दीपक क्षेत्रीको पनि अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा गरिएको छ । दीपकको निधन शनिबार भएको थियो ।

चलचित्र क्षेत्रका दुई व्यक्तिलाई गुमाउन पर्दाको पीडा चलचित्रकर्मीको आँखामा देखिन्थ्यो । चलचित्र विकास बोर्डमा श्रद्धाञ्जली दिन पुगेका चलचित्रकर्मीहरु पशुपति आर्यघाटमा पनि पुगेका थिए । पुराना पुस्ताका अधिकांश कलाकारहरु पशुपति आर्यघाटमा पुगेका थिए ।

भट्टराई र क्षेत्रीको पार्थिव शरीरलाई पशुपति आर्यघाट लैजानु अघि चलचित्र विकास बोर्डको परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । विकास बोर्डको परिसरमा दुई चलचित्रकर्मीलाई श्रद्धाञ्जली दिनका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पुगेका थिए ।

तस्वीरः आर्यन विमली र विवेक बस्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment