Comments Add Comment

सनिषले गाए ‘म यस्तो गीत गाउँछु २’को ‘दुःखको काँडा’

‘दि भ्वाइस अफ नेपाल–२’को टप ४ मा पर्न सफल गायक सनिष श्रेष्ठले चलचित्रमा गीत गाएका छन् । सनिषले चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘दुःखको काँडा’ बोलको गीत गाएका हुन् । उनले, काठमाण्डौका एक रेकडिङ स्टूडियोमा यो गीत रेकर्ड गराएका छन् । यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।

संगीतकार पोखरेल भन्छन्–‘हामीले दि भ्वाइसमा सनिषको आवाज सुनेपछि चलचित्रको यो गीतमा सुहाउने आशा गरेर नै उनलाई अफर गरेका थियौं । उनको स्वरले गीत झनै दमदार बनेको छ ।’

सनिषले पनि चलचित्रमा गीत गाउँदा खुशी व्यक्त गरे । नेपाली चलचित्रमा पछिल्ला केही बर्षयता रियालिटी शोबाट जन्मिएका गायक–गायिकाको उपस्थिती बलियो बन्दै गएको छ । दीपक लिम्बु, इन्दिरा जोशी हुँदै निशान भट्टराई, प्रताप दास, अस्मिता अधिकारी लगायतले चलचित्रको गीतमा आवाज भरिरहेका छन् ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्र फागुण २३ गते रिलिज हुँदैछ । सनिषले आवाज भरेको गीतको भिडियो भने छायांकन भैसकेको छ । गीतलाई चाडै नै सार्वजनिक गर्ने निर्देशक तथा निर्माता थापाले जानकारी दिए । चलचित्रमा नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment