Comments Add Comment

दुई ट्याक्टर बालुवासहित दुई चालक पक्राउ

१ पुस, वीरगञ्ज । प्रहरीले पर्साबाट बालुवा लोड भएका दुई वटा ट्याक्टरसहित दुई जना चालकलाई पक्राउ गरेको छ । अवैध रुपमा बालुवा उत्खनन् गरी ओसार्ने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले ट्याक्टरसहित चालकलाई पनि नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका-३२ बस्ने २८ वर्षीय मुन्ना साह सोनार र २५ वर्षीय हाकिम देवान पक्राउ परेका हुन् । ना.६ त ७९०४ र ना.५ त ६५४३ नम्बरको ट्याक्टरमा बालुवा ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका थिए ।

पर्सागढी नगरपालिका वडा-४ भेडाहा खोलाबाट अवैध रुपमा बालुवा ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बालुवासहित उनीहरुलाई आवश्यक अनुसान्धान र कारबाहीका लागि जिल्ला समन्वय समिति पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी गौतम थापाले जानकारी दिए ।

त्यस्तै प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट केराउ (मटर) १२० किलो, छोकडा ५५०किलो तथा रेडिमेड र थानको कपडाहरु बरामद गरेको जानकारी दिएको छ । ती समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment