Comments Add Comment

‘हिमालय रोडिज’को काठमाण्डौ अडिसनबाट ७ जना छानिए

हिमालय टेलिभिजनबाट प्रशारण हुने साहसिक रियालिटी शो ‘हिमालय रोडिज’को तेस्रो सिजनको प्रशारण सुरु भएको छ । सोमबार यो रियालिटी शोको पहिलो भाग प्रशारण भएको छ । पहिलो एपिसोडमा काठमाण्डौको अडिसन प्रशारण भएको छ ।

काठमाण्डौ अडिसनबाट ७ जना प्रतियोगीहरु छनोट भएका छन् । जसमा अनुप विक्रम शाहीको टिम ‘रेड’ छनोट गर्ने ३ जना छन् ।

यस्तै, ‘हिमालय रोडिज’को पहिलो सिजनका विजेता समन श्रेष्ठको टिम ‘ब्लु’मा दुई जना छनोट भएका छन् । पहिलो सिजनदेखि नै रोडिजको निर्णायक बनेकी दिया मास्केको टिम ‘एल्लो’ले एक प्रतियोगी पाएको छ ।

‘ग्रिन’ टिमका टिम लिडर आशिष राणा ‘लाहुरे’ले भने काठमाण्डौंबाट कोही पनि प्रतियोगीलाई आफ्नो टिममा पाएनन् । बरु होस्ट रेमनदाश श्रेष्ठले एक प्रतियोगीलाई छनोट गरेका छन् । अब क्रमश देशको विभिन्न शहरमा भएको अडिसनलाई प्रशारण गरिने छ ।

अडिसनबाट प्रत्येक ग्याङ्ग लिडरले आफ्नो टिममा जति पनि प्रतियोगी छान्न पाउने नियम छ । तर, ‘कलिङ राउण्ड’बाट भने प्रत्येक ग्याङ्गमा ३ जना हुनेछन् । होस्ट रेमनले आफूले छानेका प्रतियोगीहरु प्रत्येक ग्याङ्गमा १–१ जना थपिदिनेछन् ।

गत दुई सिजनभन्दा विल्कुलै फरक शैलीमा यो पटक हिमालय रोडिज तयार भएको छ । २ सिजनमा ग्याङ्ग लिडर थिएनन् । यस वर्ष भने चार जना ग्याङ्ग लिडर छन् । रोडिजको ‘टाक्स’मा ग्याङ्ग–ग्याङ्गको भिडन्त हुनेछ । यस वर्षको रोडिज निकै उत्साहित बनेको टिमको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment