Comments Add Comment

चिनियाँ राजदूतावासद्वारा नेपाल प्रहरीलाई २३ वटा मोटरसाइकल सहयोग

१ पुस, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूतावासले नेपाल प्रहरीलाई २३ वटा मोटरसाइकल सहयोग गरेको छ ।

चिनियाँ राजदूतावासले महानगरीय प्रहरी कार्यालय काठमाडौंलाई ५६ लाख ३२ हजार ७ सय रूपैयाँ मूल्य बराबरका २३ वटा मोटरसाइकल हस्तान्तरण गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मंगलबार आयोजित कार्यक्रममा चिनियाँ राजदूतावासका प्रथम सचिव वाङ छियो लङले मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन् ।

सो क्रममा लङले महानगरीय प्रहरी कार्यालयको कक्ष र सीसीटिभी कक्षको अवलोकन भ्रमण समेत गरेका थिए ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक थापा क्षेत्रीले प्राप्त मोटरसाइकलहरूको प्रयोगबाट प्रहरी परिचालनमा थप तीव्रता आउने विश्वास व्यक्त गरेका थिए ।

चिनियाँ राजदूतावासबाट उपलब्ध भएका मोटरसाइकललाई आवश्यकता अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूलाई वितरण गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment